माया राना,जल्पा
प्रकाशित : २०८१ पुष २५ गते १२:०६

माया राना – जल्पा, पाल्पा
पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा रहेको स्वस्थ चौकीले कार्यलयको पहुँच सम्म पुग्न नसक्ने नागरिकहरुको लागि घर घरमै पुगेर स्वस्थ परीक्षण शुरु गरेको छ ।
फरक क्षमता भएका क र ख बर्गका ब्यक्त्तीहरु तथा ८० बर्षका जेष्ठ नागरिक गरि ८७ जनालाई यो सेवा दिइने जल्पा स्वस्थे चौंकी प्रमुख पदम थापा दर्लामीले जानकरी दिनु भयो ।स्वस्थ चौकीका कर्मचारीहरु घरदैलोमा पुगेर सामान्य परिक्षण सहित रगतमा ग्लुकोजको मात्रा ( सुगर लेवल) पिसाबमा प्रोटिनको मात्रा परिक्षण गरीएको ल्याब असिश्टेन्ट बाल कृष्ण देवकोटाले जानकारी दिनु भयो । उक्त्त परीक्षणमा असामान्य देखिएकाहरुलाई नियमित फलोअपको लागी आबश्यक सर सल्लाह , सुझाव, बिरामीले पालना गर्नु पर्ने पंक्षहरुको बारेमा जानकारी गराउनुका साथै , नियमित औंसधी खाने ब्यक्तीहरुलाई घर घरमै औंसधी बितरण गरिएको स्वस्थ चौकी प्रमुख दर्लामीले जानकारी दिनुभयो ।बर्षभरीमा दुईपटक गरिने यो सेवा , अशक्तहरको लागी निक्कै प्रभावकारी रहेको सेवाग्रहीले बताएका छन्।स्थानिय तहमा स्वस्थ क्षेत्रले गरेको यो काम प्रति सरोकारवालाहरुको सकारात्मक प्रतिक्रिया रहेको छ भने जेष्ठ नागरिक र अपाङता भएकाहरुले आफ्नो स्वस्थ सुरक्षित भएको महसुस गर्न पाएका छन्।
पूर्वखोला गाँउपालिकाको सबै वडामा यो कार्यक्रम भैंरहेको स्वस्थ शाखाले जनाएको छ ।कार्यक्रम सम्पन्न गर्नको लागी स्वस्थकार्यलय पाल्पा, स्थानिय तहले सहयोग गरेको छ ।


प्रकाशित : २०८१ पुष २५ गते १२:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology