नेपाली जनसम्पर्क समिती कतारले गर्यो सातौ पटक रक्तदान कार्यक्रम ,५२ जनाले गरे रक्तदान।

बिकास गैरे
प्रकाशित : २०८१ पुष २२ गते ०:२९

बिकास गैरे/दोहा-कतार
रक्तदान नै जिवनदानहो भन्ने मुलनारालाई आत्मासाथ गर्दै नेपाली जनसम्पर्क समिति कतारले ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ कतारको समन्वमा सातौ पटक बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमामा एन आर एन ए का अध्यक्ष रमेश भट्ट लगाएत कतारमा स्थापित सम्पुर्ण संघसस्थाहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमा रक्तदानगर्नको लागि ७८ जनाले दर्ता गराएतापनी ५२ जनाले मात्र रक्तदान गर्न पाएका थिए भने २६ जनाले भने विभिन्न कारणबस रक्तदान गर्न पाएका थिएनन ।

अलसादमा रहेको हमाद हस्पिटल स्थित कतार नेशनल बल्ड डोनेशन सेन्टरमा आयोजित कार्यक्रममा समितिका संस्थापक महामन्त्री बिमल सुवेदीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

मानवीय तथा परोपकारी कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम संयोजक ठाकुर कुमार परियारले धन्यवाद प्रकट गरेका थिए । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाई दिनु हुने सम्पुर्णलाई समितिका सभापति अजिज अलिले धन्यवाद सहित आभार प्रकट गरेका थिए ।


प्रकाशित : २०८१ पुष २२ गते ०:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology