गोरखा
समृद्ध ताकु युवा समाजको दशौँ बार्षिक साधारण सभा तथा लेखापरीक्षण हुने भएको छ । गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ५ बसोबास गर्ने युवाहरुको समुह समृद्ध ताकु युवा समाजले आफ्नो दशौँ साधरण सभा गर्ने भएको हो । सचिव मधुकर खड्काका अनुसार २७ पौष मदर्श पार्टी प्यालेस खरीवोट बनस्थली काठमाडौं हुने जानकारी दिएका छन् ।
प्रकाशित सूचनामा उल्लेख गरिए अनुसार समाजको सम्पुर्ण आजीवन सदस्यहरु, सल्लाहकार ज्यूहरु, काठमाडौं बस्ने ताकु बासी गोरखाली , गैर गोरखाली र संस्थाको शुभेच्छुक , शुभचिन्तक सहयोगी दाताहरु लाई उपस्थितको लागि अनुरोध गरिएको छ ।
प्रकाशित : २०८१ पुष २२ गते ०:२२
Facebook Comment