धनधन्यान्चल श्रीमद् भागबत ज्ञान महायज्ञ एबं धार्मिक महोत्सवको तयारी पुरा

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ पुष १५ गते ११:३१

 

पुस १५ रमा भण्डारी रामपाुर पाल्पा
शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा यही पुस १६ गते देखि २३ गतेसम्म हुन गइरहेको धनधन्यान्चल श्रीमद् भागबत ज्ञान महायज्ञ एबं धार्मिक महोत्सवको तयारीलाई तीब्र पारेको छ । महायज्ञको तयारी स्वरुप आइतबार अर्थ संकलन उपसमिति संयोजक सुकदेब पोखरेलको अध्यक्षतामा बैठक बसी आर्थिक संकलन सम्बन्धि छलफल गरेको छ । त्यसैगरी आइतबार नै अतिथि सत्कार ब्यबस्थापन उपसमिति संयोजक बिष्णुमाया ढकालको अध्यक्षतामा बैठक बसि अतिथि सत्कारका बिषयमा छलफल गरेको छ ।
महायज्ञको तयारीका सन्दर्भमा दिनहुँजसो विभिन्न उपसमितिहरुको बैठक तथा भेला भइरहेको मुल आयोजक समितिले जनाएको छ । प्रचारप्रसार अन्तर्गत विभिन्न संचार माध्यमबाट सूचना, बिज्ञापन प्रशारण एबं प्रकाशन, माइकिङ मार्फत प्रचारप्रसार, पर्चा पम्प्लेट वितरण, ब्यानर टाँस्ने लगायतका काम पुरा भएको प्रचारप्रसार उपसमिति संयोजक यम बहादुर सुनारले जानकारी दिनुभयो ।
महायज्ञको तयारी अन्तर्गत यज्ञ स्थल निर्माण ,ध्वजा पतकाले सजाउने लगायत अन्य तयारीका कामलाई पुरा भाएको मुल आयोजक समितिका उपाध्यक्ष सुकदेब पोखरेलले बताउनुभयो । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले क्याम्पसमा नयाँ संकाय थप गर्न, प्राबिधिक शिक्षाको बिकास गर्न र छात्राबास भवनको निर्माण गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको बताउनुभयो । उहाँले यो महान कार्यमा सम्पूर्ण कालीगण्डकी बेसीका जनताहरुको साथ सहयोगको अपेक्षा राखेको बताउनुभयो । महायज्ञको नेपाल सरकारका उपप्रधान एबं शहरी बिकास मन्त्री प्रकाशमान सिहंले उद्घघाटन गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । महायज्ञमा प्रमुख कथा बाचक पण्डित दिनबन्दु पोखरेलको मुखारबिन्दबाट कथाबाचन हुने जनाइएको छ । महायज्ञका कार्यक्रम अन्तर्गत पुस १६ गते बिहान ९ बजे कलशयात्रा र दिहुसो १२।३० बजे महायज्ञको समुदघाटन हुने जानकारी गराइएको छ । पुस १७ गतेदेखि २२ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म पुजापाठ, १००८ सालिग्राम पुजन, दिहुसो संगीतमय कथाबाचन तथा झाँकी, साँझ आरती भजनकृतन हुनेछ । पुस २३ गते विशेष कार्यक्रमको आयोजना गरी महायज्ञको समापन गरिने क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले जानकारी दिनुभयो ।


प्रकाशित : २०८१ पुष १५ गते ११:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology