“तिनाउ नदी संरक्षणका लागि हाम्राे प्रतिवद्वता कार्यक्रम”पाल्पा,तिनाउ, दाेभानकाे डाेलमा शनिवार सम्पन्न भयाे । तिनाउ नदीमा विष,विषादी,विद्युत धाराप्रवाह र विफाेष्टक पदार्थकाे अवाञ्छित प्रयाेग हुन नदिनका लागि उपस्थित सबैले प्रतिवद्वता जनाउँदै हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ नदीमा हुने र हुन सक्ने अवाञ्छित क्रियाकलापलाई राेक्न पालिका प्रतिवद्व रहेकाे बताउँदै तिनाउ नदी हामी सबैकाे साझा प्राकृतिक सम्पदा रहेकाेले सबैले जाेगाउनु पर्ने बताए । गैरजिम्मेवारी काम गर्नेहरुलाई कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिए ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ नदीमा अवाञ्छित कामका रुपमा बम पड्काउने,विजुलीकाे तार प्रयाेग गर्ने र विषादीकाे प्रयाेग गरि माछा मार्ने कामलाई कुनै हालतमा वैधानिक मान्न नसकिने बताउँदै कानूनलाई हातमा लिनेहरुलाई प्रहरी प्रशासनसँग मिलेर कार्वाही गर्न पालिका पछाडि नहट्ने बताए ।
साे कार्यक्रममा दाेभान प्रहरी चाैकीका ईन्चार्ज जनकबहादुर बुढामगरले प्रहरीलेमात्र समुदायमा घट्ने वा घट्न सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सम्भव नभएकाे बताउँदै स्थानीय सबै संस्था र व्यक्तिहरुसँग मिलेर नै तिनाउ नदीमा हुने गैरकानुनी कामलाई राेक्न दाेभान प्रहरी चाैकी क्रियाशील र सामर्थ्यवान रहेकाे बताए । उनले कानूनकाे नजरमा दाेषीलाई प्रहरीले कुनै हालतमा नछाड्ने र कानूनकाे कठघरामा उभ्याउने प्रतिवद्वता जनाए । कार्यक्रममा सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउ नदीलाई स्वच्छ र सुन्दर बनाउन सबै तिनाउबासी जागरुक हुनुपर्ने बताए । उनले तिनाउ नदीलाई संरक्षण र सम्बर्द्वन गर्दै पछिल्लाे नयाँ पुस्तालाई उत्तम रुपमा हस्तान्तरण गर्नु आजकाे दायित्व रहेकाे ओैल्याए । त्यसैले तिनाउ नदी संरक्षणका लागि हाम्राे प्रतिवद्वता जरुरी रहेकाे बताउँदै तिनाउलाई दीर्घकालसम्म जीवित राख्न सक्दाे पहल गर्नुपर्ने उल्लेख गरे ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत तथा कार्यक्रमकाे ओैचित्यततामा प्रकाश पारेका थिए । कार्यक्रमकाे सञ्चालन महासचिव गणेश रास्काेटीले गरेका थिए ।
प्रकाशित : २०८१ पुष १३ गते २१:५५
Facebook Comment