म्याद सकिएका राहदानीमा सहजता गर्दै दूतावास, श्रमिकलाई फाइदा पुग्ने ।

बिकास गैरे
प्रकाशित : २०८१ पुष ९ गते २०:४०

 

बिकास गैरे-दोहा कतार
कतारमा रहेका श्रमिकको हितलाई उच्चतम बिन्दुमा राखी राहदानी नवीकरण सहजताको लागि ह्वाट्सएप मा आफ्नो विवरण पठाउनको लागि नेपाली राजदुतावास दोहा कतारले एक सुचना जारी गर्दै आग्रह गरेको छ ।
पासपोर्ट को म्याद सकिएका,कतारी आइडी सकिएको वा सकिन लागेका श्रमिक हरुकालागि यस्ले प्रत्येक्ष सकारात्मक असर पर्ने छ ।

नेपाली राजदुतावास दोहा-कतारले सर्बजनिक गरेको सुचना :-
यस दूतावासबाट प्रदान गरिने राहदानी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने सन्दर्भमा पासपोर्ट र कतार आइडीको म्याद समाप्त भएका तर ई-पासपोर्टको लागि Pre-Enrollment फाराम भर्न नपाएका सेवाग्राहीहरुले दूतावासको WhatsApp Number +974 59937149 मा तपसिलको विवरण जानकारी गराउनुहुन सुचित गरिन्छ। जानकारी प्राप्त भएपश्चात् प्राथमिकताका आधारमा Appointment Date तोकी राहदानी सेवा प्रदान गरिनेछ ।
तपसिल विवरण
१. नामः
२. ठेगाना:
३. राहदानीको म्याद सकिने मितिः
४. कतार आइडीको म्याद सकिने मितिः
५. सम्पर्क फोन नं.
श्रमिकहरुले पहिला अनलाईन मार्फत प्री-एन्रोल्लमेन्ट pre- enrollment फारम भरेर मत्रै appointment date लिएर पासपोर्ट अप्पलाईको लागि दूतावास जाने गर्थे । अनलाईनमा केही प्रबिधिक समस्या आएपछी दूतावासले यो तरिका अपनाएको हो ।
पासपोर्ट नवीकरण को समस्या अहिले कतारमा रहेका श्रमिकहरुका लागि प्रमुख समस्याकोरुपमा रहेको थियो । अब भने श्रमिकहरुले केही भएपनी राहत पाउने छन ।


प्रकाशित : २०८१ पुष ९ गते २०:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology