जनता आधारभुत बिद्यालय निस्दि ५ पाल्पाको स्वर्ण जयन्ती कार्यक्रम सपन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ पुष ९ गते १८:०२

पौष ९ रमा भण्डारी रामपुर पाल्पा
जनता आधारभुत विधालय निस्दि गाउपालिका वडा नम्बर ५ पाल्पाले ५० वर्य मा प्रबेश गरेको अबश्वरमा स्वर्ण जयन्ती मनाएको छ ।

विद्यालय व्यबस्थापन समिति पाग्दिका अध्यक्ष हुम बहादुर शाहिको अध्यक्षतामा भएको स्वर्ण जयन्ति २०८१ को प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ उद्योग पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ रहनु भएको हो ।

कार्यक्रममा प्रमुख अथिथि अर्थ उद्योग पर्यटन समितिका सभापति श्रेष्ठले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गदै स्वर्ण स्तम्भको अनाबरण गर्नु भयो । कार्यक्रममा वहाले गल्धालाइ अति माया गरेको बताउदै सबै भन्दा अघि चेतना हुनु पर्ने भएको ले शिक्षाको महत्व अपरीहार्य रहकेो बताउनु भयो । शिक्षा लाइ महत्वका साथ अगाडि लैजान निस्दीले गरेको काम प्रति आफु खुशि भएको बताउनु भयो ।

निस्दी गाउपालिकाले शिक्षालाइ प्राथमिकतामा राखेर योजना बनाएकोमा शिक्षा विनिा कुनै पनि विकास निर्माण सम्भव नभएकाले शिक्षा को अति महत्व का साथ हामी सबैले आत्मसात गर्नु पर्ने बताउनु भयो ।। वहाले धन सम्पती कमाएर मात्रै हुदैन आफ्ना छोराछोरीको उज्यालो भविष्यको लागि घरबाट नै नैतिक शिक्षा सिकाउनुको साथै व्यावहारीक ज्ञानका लागि ध्यान अभिभावकले दिुनु पर्नै बताउनु भयो ।

विद्यालय का शिक्षक बसन्ति राजको स्वागतबाट शुरु भएको कार्यक्रममा निस्दि गाउँ पालिकाका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ ले नासपाति रोपेर स्याउ खोज्ने हाम्रो प्रबृतिलाइ अव बुझनु पर्ने बताउनु भयो । निस्दीमा अझै पनि बालविवाहको समस्या भएकाले २० वर्ष नपुगि छोराछोरीलाइ विवाह गर्ने हुदैन भन्ने ज्ञान घरमा खाना पकाउदा होस अन्य काम गरिरहदा होस परिवारमै सिकाउनुृ पर्ने बताउनु भयोउ । निस्दीले बालमैत्रि वडा घो.षणको लागि विभिन्न काम गरिरहेको र आव आवश्यक सुचक पुरा गरेर घोषण गर्नुै समेत बताउनु भयो ।

कार्यक्रममा महिला र युवाहरुलाई सगै लैजान पर्छ भन्दै बजेट विनियोजन भएको बताउदै बालबालिकाहरुले २० वर्ष पुगे पछि मात्र विवाह गर्ने पर्छ भन्ने सिकाउन अनुरोध गर्दै निस्दिलाई बालमैत्रि वडा घोषणा गर्ने कार्यक्रम रहेकाले साथ र सहयोग गर्नु पर्छ भन्नू भयो ।कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा बहादुर सोमै , रामपुर आधारभुत रामपुर आधारभुत विद्यालयका प्रधानध्यापक विजय शर्मा जल देवि आधारभुत विद्यालय मुढाबासका प्रधानध्यापक ललाबहादुर सोति ,लगायतले बोल्नु भएको हो । २०१५ सालमा स्थापना भएको विधालय मा अहिले ५३ जना विद्यार्थी अध्यानरत रहेका छन ।विद्यालयको शैक्षिक तथा भोतिक र आर्थिक प्रतिबेदन विद्यालयका प्रधानध्यापक विष्णुदेव सोमैले पढेर सुनाउनु भयो । वहाले ५१ लाख७१ हजार ४३ रुपैया बराबरको पढेर सुनाउनु भयो ।कार्यक्रम को सन्चालन शिक्षक रेम बहादुर आले र विवस रानाले गर्नु भएको हो । कार्यक्रममा मगरी समुहको झ्याउरे ,गल्धाफाटको भजन र डि एन जि कला केन्द्र को सास्कृतिक प्रस्तुति रहेको थियो ।कार्यक्रममा पुर्व पुरव व्यवस्थापन समिति विद्यालयका सरक्षक जग्गा दाता चन्दा दाता अक्षयकोष दाता विभिन्न सघ सस्था पत्रकार लगायतलाई सम्मान पत्र दोसल्ला फुलमाला अविरले सम्मान गरेको हो ।


प्रकाशित : २०८१ पुष ९ गते १८:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology