स्थानीय सरकार र सिद्धार्थ केवलकार सञ्चालकबीच केवलकार सञ्चालन र सुविधासम्बन्धि छलफल कार्यक्रम सम्पन्न।

दलबहादुर गुरुङ
प्रकाशित : २०८१ पुष ८ गते २०:४८

पाल्पा,तिनाउ गाउँपालिका वडा नं.२ नुवाकाेटबासी,स्थानीय सरकार र सिद्धार्थ केवलकार सञ्चालककाबीच केवलकार सञ्चालन र सुविधासम्बन्धि छलफल कार्यक्रम नुवाकाेटमा आईतवार सम्पन्न भएकाे छ ।
स्थानीय नुवाकाेट भैरव युवा समाजले आयाेजना गरेकाे उक्त छलफल कार्यक्रममा स्थानीहरुले केवलकारमा ५० % सुविधा पाउनुपर्ने,ज्येष्ठ नागरिकलाई नि:शुल्क हुनुपर्ने,बुटवल पढ्न जाने विद्यार्थीलाई कन्सेक्सन हुनुपर्ने,नुवाकाेटमा उत्पादन भएका कृषिजन्य उत्पादन निर्यात र बुटवलबाट गरिने सामानकाे आयातमा सेवासुविधा मिल्नु पर्नेमा जाेड दिए । साथै उनीहरुले बालबच्चालाई र नुवाकाेटमा व्यवसाय गर्नेहरुलाई उचित सहुलियत मिल्नुपर्ने कुरामा जाेड दिए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकार,मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङले नुवाकोटकाे केवलकार सञ्चालन,सेवासुविधा र व्यवस्थापनका लागि नुवाकाेटबासी, स्थानीय तिनाउ सरकार र केवलकार सञ्चालकबीच त्रिकाेणात्मक सम्बन्ध, सहकार्य र सहयात्रा हुनुपर्नेमा जाेड दिदै स्थानीयका उचित मागहरुलाई सम्बाेधन गर्न केवलकार सञ्चालकसँग स्थानीय तिनाउ सरकारले पहल गर्नुपर्ने बताए । केवलकार सञ्चालक पनि स्थानीय तिनाउ सरकारसँग समन्वय गरि अघि बढेमा उत्तम हुने प्रमुख अतिथि गुरुङले सुझाए । स्थानीय सरकार,नुवाकाेटबासी र केवलकार सञ्चालकका बीच अधिकार सम्पन्न सम्वाद समिति गठन गरि समयसमयमा आवश्यक बैठक,छलफल गरि अघि बढेमा सबैलाई हित हुने उनले जानकारी गराउँदै स्थानीयहरुकाे सहयाेगबिना नुवाकाेटमा धार्मिक एवम् पर्यापर्यटन असम्भव रहेकाे समेत सुनाए ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन,कृषि र यातायात व्यवस्थापनबाटै आफ्नाे समृद्धि सम्भव ठानिरहेकाे बेलामा स्थानीयहरुले समेत केवलकार सञ्चालन,पर्यटककाे सुरक्षामा विशेष ध्यान र सहयाेग गर्नुपर्नेमा प्रमुख अतिथिले जाेड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि, तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले केवलकार सञ्चालकले स्थानीय तिनाउ सरकारसँग हातेमालाे गरि अघि बढ्नुपर्नेमा जाेड दिदै तिनाउ गाउँ कार्यपालिकाले नुवाकाेटमा निर्मित डबली सञ्चालन कार्यविधि बनाई प्रदेश सरकारसँग सञ्चालन स्वामित्व लिन तयार रहेकाे उल्लेख गरे ।
कार्यक्रमका अतिथि नुवाकाेट विकास समितिका अध्यक्ष माधवप्रसाद नेपालले नुवाकाेटबासीका मुहार उज्यालाे बनाउने सपना छिट्टै पूरा हुने बताउँदै ताेपहानक्षेत्र,नुुवाकाेटगढी, काठेगढीकाे संरक्षण गर्दै तिरुपति बाबाजीकाे मन्दिर निर्माण कार्यलाई अघि बढाउन आफूहरु निरन्तर क्रियाशील रहेकाे बताए ।
साथै कार्यक्रममा केवलकारका प्रतिनिधिका रुपमा आएका केवलकारका प्रमुख कार्यकारी अधिकृत नरबहादुर कार्कीले स्थानीयका मागलाई बाेर्डमा लैजाने र स्थानीय सरकारहरुसँग आवश्यक सहकार्य गरी सम्बाेधन गर्न आफूहरु तयार रहेकाे बताए । कार्यक्रममा स्थानीयहरु विष्णु कुमाल,तारा बस्याल,हरिकला कुमाल,लक्ष्मण कुमाल,गाेपाल गुरुङ र अणप्रसाद बस्याललगायतले सम्बन्धित विषयमा आआफना विचार राखेका थिए ।


प्रकाशित : २०८१ पुष ८ गते २०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology