बोनम्यारो क्यानसर भइ बिगत केही महिना देखि भारतमा उपचाररत पाल्पा जिल्ला , रम्भा गाउँपालीका वडा न. ६ हुमिन निवासी वर्ष ४१ की गिता विश्रकर्मालाई पाल्पाली सेवा समाज कतारले आर्थिक रकम सहयोग गरेको छ ।
पिडित विश्रकर्माको आर्थिक अवस्था अत्यन्त कमजोर भइ उपचार खर्च जुटाउन मुस्किल परेकाले थप उपचारका लागी दोहा कतारमा २००७ सालमा स्थापित पाल्पालीहरुको संस्था पाल्पाली सेवा समाज दोहा कतारले ६२ हजार रुपैया आर्थिक रकम सहयोग गरेको हो ।
पाल्पाली सेवा समाज दोहा कतारको संस्थापक अध्यक्ष समेत भई संस्थामा राम्रो काम गर्नु भएका श्री माधव वि.क.को श्रीमती गिता वि.क. रहेको कुरा हालका समाजका अध्यक्ष विश्व नाथ भट्टराईले हामीलाई जानकारी दिए ।
पिडित गिताको आर्थिक अवस्था निकै कमजोर रहेकाले उनको उपचारमा सहयोग गरी जीवन बचाईदिन स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग अपिल समेत गरेका छन।
हाम्रो मिडिया संग कुराकारी गर्दै सेवा समाजका महासचिव माधव भण्डारीले बिरामीको जिवन रक्षाको निम्ती बिरामीको श्रीमान महादेव विश्वकर्माको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड खाता नम्बर ११९०५०८००२९९९५
मा सबैले सक्दो रकम सहयोग गर्न हार्दिक अपिल गरेका छन।
प्रकाशित : २०८१ पुष ८ गते १९:३८
Facebook Comment