शहीद बहुमुखी क्याम्पस रामपुरमा धनधान्याञ्चल श्रीमदभागवत ज्ञानमहाज्ञय एवम धार्मिक महोत्सव हुने

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ पुष ३ गते १८:४५

पौष ३ रमा भण्डारी रामपुर पाल्पा
शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा धनधान्याञ्चल श्रीमद भागवत ज्ञानमहाज्ञय एवम धार्मिक महोत्सव हुने भएको छ । संकाय थप सिपमुलक शिक्षा र छात्रावासको स्थापनाका लागि क्याम्पसले महायज्ञ गर्ने मुल आयोजक समिति तथा प्रचारप्रसार समितिले पत्रकार सँग छलफल गरेको छ । आगामी पौष १६ देिख २३ गते सम्म हुने महायज्ञको तयारी तथा प्रचारप्रसारका विषयमा मूल आयोजक समितिले छलफल गरेको हो ।
मूल आयोजक समितिका अध्यक्ष नेत्र भट्टराईले छलफलमा मुल आयोजक समितिको कार्यप्रगति र आगामी दिनमा प्रचार प्रसारलाई तिब्र बनाउन प्रचारप्रसार समिति तथा व्यानर व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । महायज्ञ सफल र सम्पन्न बनाउन सञ्चारकर्मीको भुमिका महत्वपुणर् हुने बताउदै गण्डकीबेशीको गरिमा बोकेको क्याम्पसको स्तरउन्नतिका लागि सहयोग र सहकार्य गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले महायज्ञ सन्चालनका लागी ३० वटा उपसमिति गठन गरि काम अघि बढेको र प्रचार प्रसारका लागि विभिन्न ठाउँमा व्यानर तथा प्रचार प्रसार सामाग्री वितरण गर्ने कार्य पनि अगाडी बढेको बताउनुभयो । प्रचार प्रसार समिति संयोजक यम बहादुर सुनारले गण्डकीबेशीको गहना आगिंक क्याम्पसको स्तरउन्नतिमा समुदाय नै जुरमुराउने भन्दै यसमा सबैले साथ दिन अनुरोध गर्नुभयो ।

क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले मिडियाको महत्वपुणर् साथ लिएर महायज्ञ सफल पार्ने बताउनुभयो । सञ्चालन समिति सदस्य राम प्रसाद ढकाल ले महायज्ञ सन्चालन हुने भएकाले प्रचार प्रसारका लागी लाग्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो महायज्ञमा बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलद्धारा झाँकी तथा सांस्कृतिक झाकी सहित कथा बाचन गर्नुहुनेछ । कार्यक्रम सञ्चालन प्रसार प्रसार उपसमितिका सदस्य आवास भट्टाराईले गर्नुभएको हो ।


प्रकाशित : २०८१ पुष ३ गते १८:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology