रास्पा पाल्पाको तानसेनमा जिल्ला भेला सम्पन्न,१० सदस्यीय जिल्ला कमिटी चयन
www.kandaranews.com प्रकाशित : २०८१ मंसिर ३० गते १७:३७
रास्पा पाल्पा जिल्लाको तानसेनमा शनिबार सम्पन्न जिल्ला भेलाबाट १० सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।
भेलाले बिष्णु प्रसाद भण्डारीलाई जिल्ला सभापतिमा निर्वाचित गरेको छ । जसको उपसभापतिमा सोमप्रसाद गैरे (सुमन) चयन भएका छन् ।
सचिवमा नारायण न्यौपाने, कोषाध्यक्षमा अविता नेपाली निर्वाचित भएका छन् । अन्य ६ सदस्यहरूमा संजय कुमार सार्की, धुर्ब राज न्यौपाने, कृष्ण प्रसाद पराजुली, सृजना पाण्ये भट्टराई, नेत्रप्रसाद बस्याल र रमेश प्रसाद न्यौपाने चयन भएका छन् ।
भेलामा निर्णय गरिएको व्यवस्थाअनुसार जिल्लाका सबै पालिकाका सभापतिहरू पनि जिल्ला कमिटीमा समावेश हुनेछन् । यस निर्णयले पाल्पाको संगठनात्मक कामलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । रास्पाले पाल्पाका दुई नगरपालिका र ८ गाउँपालिका अधिवेशन गर्ने तयारीमा जुटेका छन् । पाल्पामा पछिल्ला वर्षहरुमा रास्पाप्रति युवा पुस्ताको आकर्षण देखिएको छ ।
Facebook Comment