पूर्वखाेला गाउपालिकाले अार्थिक वर्ष २०८१/८२ काे पहिलो चाैमार्सिक कार्यक्रमकाे प्रथम सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नम्बर ४ देविनगरमा सम्पन्न गरेको छ।
गाउपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले कार्यक्रमकाे उद्देश्य माथि प्रस्त पार्दै स्वागत मन्तव्यबाट सुरु भएको ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउपालिकाले अार्थिक वर्ष २०८१/८२ काे साउन देखि कार्तिकसम्म चाैमार्सिक रुपमा गरेको प्रगति प्रतिवेदन , अायव्याय प्रतिवेदन र गाउपालिकाकाे कार्यक्रमकाे बारेमा गाउपालिकाका प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
गाउपालिकाले यश अार्थिक वर्षमा विभिन्न कार्यक्रम / याेजना ३१७ वटा तय गरेकोमा ३८ वटा सम्झौता १५ वटा सम्पन्न भएको , १३ लाख ७ हजार ४ सय ६ रुपिया ७५ पैसा राजस्व संकलन गरेको , हाल सम्म कुल बजेको २२.३६ प्रतिशत खर्च गरेको छ।
राेजगार शाखाले ३७ जनालाई श्रम स्वीकृति , वैदेशिक राेजगारमा मृत्यु हुने २, विरामि १ , अपांग ७ जनालाई अार्थिक सहायता र बाेडसंग समन्वय गरेको ।
न्यायिक समितिमा ३ वटा उजुरी परेकोमा १ वटा मेलमिलाप भए २ वटा प्रक्रियामा रहेको छ।
सामाजिक विकास शाखाले अपांग राताे कार्ड ३ , निलाे कार्ड ४ , जेष्ठ नागरिक १ गरि ८ वटा परिचय काड वितरण गरेको लैङ्गकि हिंसा विरुद्धको अभियान सम्पन्न गरेको , पहिलो चाैमार्सिक भक्ता वितरण गरेको छ।
पशु सेवा शाखाले ११ वटा शिर्षकमा विभिन्न राेगका भ्याक्सिन ,अाैषधिहरु गाई भैंसी बाख्रा बंगुर गरि २ हजार ६ सय ६५ वटालाइ लगाएको ।
कृषि शाखाले तरकारी बीउ ३ हजार ३ सय पकेट , ६४० ताेरिकाे बीउ , २० हजार ८ सय २५ किलो जैविक मल वितरण गरेको छ।
शिक्षा शाखाले शिक्षक व्यवस्थापन , अतिरिक्त क्रियाकलाप ,अभिभावक शिक्षा ,शिक्षकहरुलाइ क्षमता विकास तालिम ,प्र अ बैठकहरु बसेकाे छ।
स्वास्थ्य शाखाले क्यान्सर राेगका २१ , मृगौला प्रत्यारोपण १ , डायालासिस गरेको १४ , मेरुदण्ड पक्षघात २ जना गरि ३८ जनालाई मार्सिक ५ हजारकाे दरले वितरण गरेको । नागरिक अाराेग्य क्लिनिक संचालन नियमित खाेप , जुकाकाे अाैषधि , विभिन्न दिवसहरु , अभिमुखिकरण कार्यक्रमहरु गरेको छ।
कार्यक्रममा इन्द्रबहादुर राना , पितम प्रसाद बस्याल , माेहन बहादुर कार्की , अब्डुला कुजडा , भाेज बहादुर मश्राङ्गि , कमल सिं मगर , सागर वि क , शेर बहादुर गाहा , लक्किमाया सिंजालि , लगाएत २० जना सहभागीहरुले याेजनाकाे स्टेटमेन्ट , कर , माेटरबाटाे , खानेपानी , विद्युत , शिक्षा , स्वास्थ्य , पशु , परियोजनाकाे बारेमा गुनासो सल्लाह सुझाव राखेका थिए।
सहभागीकाे गुनासोलाई प्राविधिक शाखाका इन्जिनियर देवेन्द्र पाटा , शिक्षा शाखाका प्रमुख लाेकहरि देवकोटा , स्वास्थ्य शाखाका प्रमुख माेहन ढकाल , पशु शाखाका प्रमुख धन बहादुर दर्लामि , गाउपालिकाका प्रशासकीय प्रमुख सुन्दर श्रेष्ठ , देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले सम्बाेदन गर्ने थियो ।
गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले जुनसुकै सरकार , विभिन्न शाखाशरुबाट संचालन हुने कार्यक्रम बजेटकाे बारेमा जान्न सुचना पाउनु अधिकार हाे । त्यहि अनुसार गाउपालिकाले अाफ्नाे कार्यक्रमकाे बारेमा भन्न बुझाउन वडामाहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै अाएकाे हाे । यश कार्यक्रमबाट गाउपालिकाले गरेको कामहरुमा पनि कमि कम्जाेरि हुन सक्छ सम्बन्धि निकायलाई खबरदारी गर्न र सहि तरिकाले अगाडि बढ्न थप सहयोग गर्ने भन्दै कार्यक्रममा सल्लाह सुझाव गुनासो गर्नुहुने र सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
गाउपालिका भित्र संचालन हुने प्रदेश र संघिय सरकारले बजेट व्यवस्थापन गरेका ठुला अायाेजनाहरुकाे सम्झौता , निगरानी , खबरदारी गरिएकोले विकास निर्माणका कामहरु समयमै सकिने बताउनुभयाे।
देविनगर वडा पुर्व अध्यक्ष समाजसेवि रिम प्रसाद श्रेष्ठले गाउपालिकाले सार्वजनिक सुनुवाइ वडा तहमा गरेर धेरै राम्रो गरेको । गाउपालिका जनतालाई गरेक क्षेत्रमा सर्वसुलभ रुपमा सेवा दिन नितिगत व्यवस्था , क्षमता विकास , कर्मचारीहरुलाइ घरदैलोमा पठाउनुपर्ने सल्लाह दिनुभयो ।
गाउपालिकाका प्रबक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले वडा तह र गाउपालिकाका उठेका गुनासोहरुलाइ केही तत्कालै सम्बाेधन गर्ने, केही नितिगत सुधार गर्ने , सम्बन्धि ठाउमा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा १५० जना भन्दा धेरैकाे सहभागीता रहेको थियो ।
गाउपालिकाकाे याेजना शाखाका प्रमुख विनाेद नेपालकाे संचालन गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे।
प्रकाशित : २०८१ मंसिर २८ गते १९:४५
Facebook Comment