मंसिर २४ रमा भण्डारी रामपुर पाल्पा
सामुदायिक बन उपभोक्ता महासघ पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको समन्वयमा स्थानिय स्तरमा बहुसरोकारवाला मञ्च निर्माण सम्वन्धी कार्यक्रम भएको छ। बनको दिगो व्यावस्थापन सामुदायिक अधिकार ,समाबेसि शुशासन र हरित अर्थतन्त्र समृद्धिको अधिकार भन्ने नाराका साथ भएको कार्यक्र्रम रामपुर नगरपालिकाको सभाहलमा भएको हो।
सामुदायिक बनमहासघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा रहनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि थापाले बोल्दै सामुदायिक बनहरुको फाइदा र बेफाइदा सगै बन बाट धेरै आम्दानी लिन सकिने बताउनु भयो । सामुदायिक बनहरुले ठुला बुटा राखेर साना बुटेयानहरु फडानि गर्दा विभिन्न कन्दमुल हरु समेत नहुने गरेको बताउदै कन्दमुल खाने जंगली जनावर हरुले बस्तीमा हैरान पारेको भन्दै अव जंगली जनावर हरु कि त बेच्न पाउनु पर्ने कि त मार्ने पाउनु पर्ने कानुन बन्न पर्ने बताउनु भयो । सामुदायिक बनले पारेको प्रभावका कुरालाइ प्रष्ट्याउदै अव आउने नगरसभा मा बनको विविध ऐन समेटेर अगाडि बड्ने बताउनु भयो ।
सामुदायिक बन उपभोक्ता महासघ लुम्विनी प्रदेश का अध्यक्ष कल्पना भण्डारीले बोल्दै उपभोक्ता हरु तेहेरो करको मारमा परेको र अव एक द्धार प्रणालि मार्फत मात्र कर लिनु पर्ने भन्दै सरकार सग लडिरहेको बताउनु भयो । वहाले सरकारले ऐन बनाउदा तेहेरो करको मार बाट उपभोक्तालाइ नपार्न प्रदेशका मन्त्रि सग पनि छलफल भइरहेको जानकारी गराउनु भयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले बोल्दै बनको महत्वलाइ बुझेर ऐन निर्माण नगरपालिकाले गरेको बताउनु भयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बोल्दै सामुदायिक बनहरुले महिला सहभागितामा जोड दिएकोमा प्रशशा गदै रामपुर नगरापालिकाले पाल्पामै बनको ऐन निर्माण गर्नुमा पहिलो भएको र अव कार्यनवयनलाइ जोड दिने बताउनु भयो । वहाले लैगिक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिकाले बालिका सग उपप्रमुख कार्यक्रम गरी भोलि बक्त्रृत्वकला प्रतियोगिताको आयोजना गरेको बताउदै मैले कुनै पनि हिसा गदिन भन्ने प्रतिबद्ध हुनु पर्ने बताउनु भयो । कार्यक्रममा सव डिभिजन बन कार्यलय का प्रमुख मेगनाथ काफ्ले रामपुर नगरपालिका वडा नम्वर १ का अध्यक्ष कपिल बहादुर खाँण वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल लगायतले बोल्नु भएको हो । कार्यक्रममा बन उपाभोक्ता महासघका जिल्ला अध्यक्ष संयोजक भएको तदर्थ समिति चयन भएको छ । कार्यक्रममा सहभागिलाइ स्वागत सामुदायिक बन उपभोक्ता महासघको नगर अध्यक्ष विन्दु श्रेष्ठले गर्नु भएको कार्यकूमको संचालन जिल्ला महासघका सचिव लक्ष्मी ज्ञवालीले गर्नु भएको हो । कार्यक्रममा जनप्रतिनिधि सामुदायिक बनका पधाधिकारी पत्रकार सरोकारवाला हरुको सहभागित रहेको थियो ।
प्रकाशित : २०८१ मंसिर २४ गते १८:२४
Facebook Comment