पाल्पा,डेंगी रोग संक्रमण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम एवं खोज र नष्ट गर अभियान कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा रामपुरको आयोजनामा एक दिने सचेतना कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रम अन्तरगत साविक रामपुर गाविसका महिला स्वयमसेविकाहरुलाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको थियो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले पछिल्लो केही वर्ष यता डेंगी रोगको संक्रमण बढ्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
सामान्य हेलचेक्रयाईका कारण डेंगीको संक्रमण बढ्ने र ज्यानै समेत लिन सक्ने भएकाले सचेतना अपनाउनु पर्ने बताउनुभयो । छिटो र सरल तरिकाले प्रत्येकको घर घरमा डेंगी सम्बन्धी सचेतना फैलाउन महिला स्वयमसेविकाको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पाका पूर्व सभापति देवराज ढकालले हरेक नागरिकको घरको डाक्टर महिला स्वास्थ्य स्वयमसेविका भएकाले डेंगीको नियन्त्रण र मानिसको ज्यान जाने जोखिमबाट बचाउन लामखुट्टेको बासस्थान नष्ट गर्न सचेत गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै रामपुर अस्पतालका डाक्टर सुनिल कुमार दासले डेंगी लाग्न नदिन लामखुट्टेको टोकाईबाट बच्नुको विकल्प नभएको बताउनु भएको छ । कार्यक्रममा डेंगीको संक्रमण ,यसको प्रभाव,नियन्त्रण तथा बच्ने उपाय लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा रामपुरका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसईटी जिल्ला शाखाका उपमन्त्री कमलराज भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रम उपशाखा रामपुरका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईको धन्यवाद ज्ञापन र सचिव तिल बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रकाशित : २०८१ मंसिर १३ गते ११:२१
Facebook Comment