हेफर आधारशिला तालिम सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ कार्तिक २९ गते २१:०८

पूर्वखोला जल्पा ढोलीमारामा , साहारा स्वबलम्बन महिला उपहार समुहको लागी आयोजना गरीएको ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ ।

‘भोकालाई एक छाक खाना होइन, जिउने जुक्ति सिकाउ ‘ भन्ने नारा रहेको हेफर प्रोजेक्ट्को साझेदारी कार्यक्रम अन्तर्गत , पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रको सहजिकरणमा तालिम आयोजना गरीएको हो ।

समुहमा आबद्द २४ जना महिलाहरुले , उपहार आदान प्रदान, आफ्नो उत्तरदायित्व के हो, मिलिजुली सहकार्य गर्ने, दोगोपन र आत्म निर्भर कसरी हुन सकिन्छ, पशुपालन र श्रोतको उचित ब्यबस्थापन, नेतृत्व शैली आफ्नो दैनिकि ब्यवहार कसरी परिचालन हुने जस्ता १२ वटा आधारशिलाका सिद्दन्तशिपको बारेमा जानकारी पाएका छन्।

तालिममा समाज उत्थान सहयोगकेन्द्रका सामुदायिक सहजकर्ता डिला आचार्य, रबिन्द्र पंगेनी, संस्थाका कार्यक्रम संयोजक राजकुमार आलेले सहजिकरण गर्नु भएको थियो।तालिम तालिममा मात्र सिमित नभैइ दैनिकि ब्यावहार परिवर्तनमा सहयोग पुग्ने सहभागीहरुको प्रतिकृया रहेको छ । समुहका अद्द्क्ष्य फनि सरा सारुको अद्द्क्ष्यतामा सम्पन्न भएको हो।


प्रकाशित : २०८१ कार्तिक २९ गते २१:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology