पूर्वखाेला गाउपालिकाकाे आयाेजना र देविनगर वडा कार्यालयकाे समन्वयमा उपभोक्ता समितिका पदाधिकारीहरुकाे लागि क्षमता विकास तालिम देविनगर वडाको सभा हलमा सम्पन्न भएको हाे।
पूर्वखाेला गाउँ कार्यपालिकाका प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले गाउपालिकाबाट संचालन हुने उपभोक्ता समिति मार्फत कार्यनयन गर्ने याेजनाहरुलाइ सजिलो दिगाे प्रभावकारी बनाउन र बजेट भुक्तानीमा उपभोक्ताहरुलाइ सहज बनाउने उद्देश्यले तालिम संचालन गरेको र याे तालिम गाउपालिकाकाे सबै वडामा संचालन गर्ने बताउनु भयो ।
तालिममा याेजना शाखाका प्रमुख विनाेद नेपालले याेजना / आयाेजनाकाे सम्झौता गर्न आवश्यक कागजपत्र उपभोक्ता समितिकाे निर्णय , प्राविधिक स्टेटमेन्ट , अध्यक्ष ,सचिव काेषाध्यक्षकाे नागरिकता प्रमाणपत्रको प्रतिलिपी , वडाको सिफारिस , याेजनाकाे छाप अनिवार्य चाहिने र याेजना संचालन गर्न पेस्की चाहिएमा कुल बजेटकाे ३३ प्रतिशत दिन मिल्ने व्यवस्था भएको जानकारी गराउनु भयो ।
प्राविधिक शाखाका सव इन्जिनियर देवेन्द्र थापाल र देविनगर वडाका सव इन्जिनियर घनश्याम ढाडाले याेजनाकाे स्टेटमेन्ट गर्दा काहा गर्ने , के गर्ने , कस्तो गर्ने , कति गर्ने ,बारेमा उपभोक्ताले तय गर्नु पर्छ भन्नू भयो ।
लेखा शाखाका दिपक कवरले बजेट भुक्तानी गर्दा उपभोक्ता समितिकाे निर्णय , प्राविधिक मुल्यांकन , वडाको सिफारिस , खरिद सामाग्रीकाे भ्याट वा प्यान विल , खर्च सार्वजनिककाे निर्णय फाेटाे , बैंक चेककाे फाेटाेकपि अनिवार्य पेस गर्नु पर्ने बताउनुभयो ।
यश वर्ष देविनगरमा उपभोक्ता समिति मार्फत संचालन हुने याेजनाहरु ३५ वटा रहेकोमा सबै याेजनाकाे उपभोक्ता समिति गठन भइ सबै उपभोक्ता समितिबाट गरि ५० जनाकाे सहभागीता रहेको थियो ।
तालिम समापन गर्नुहुँदै देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले याे तालिमले देविनगरका उपभोक्ताहरुलाइ याेजना संचालन गर्न ठुलो सहयोग पुग्ने र वडाले पनि नियमित रुपमा अनुगमन सहजिकरण सहयोग गर्ने बताउदै तालिम आयाेजना गर्ने गाउपालिका र सहभागी उपभोक्ता समितिलाई धन्यवाद दिनुभयो ।
प्रकाशित : २०८१ कार्तिक २७ गते १३:२८
Facebook Comment