अर्घाखाँचीको भूमिका स्थान नगरपालिका -५ र ६ को सिमाना पर्ने खिल्जी को उदयठाटिमा भैली खेलीरहेका स्थानीयलाई ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सडक मा भैलो खेलिरहेका भैली टोलिहरुलाई बसले किच्दा ढाकाबांग २ कि ७२ बर्षिया रुनी खनालको घटना स्थल मै र २२ बर्षिया तारा श्रेष्ठ को उपचारको क्रममा अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले जानकारी दिएका छन्।
घटनामा लु.३.च.५२११ नं.को बलेरो, लु.१.ज ४१५९ नं.को ट्याक्सी, लु.९५.प १४६५ नं.को मो.सालाई ठक्कर दिई ३ वटैमा क्षती भएको, गाडी प्र.चौ.खिल्र्जीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
हाल सम्म दुर्घटना मा ३३ जना घाईते रहेका छन् भने १० जना लाई बुटवल रिफर गरिएको छ। २ जनाको मृ’त्यु भईसकेको खबर प्राप्त भएको छ।दुर्घटनामा मृत्यु हुने तारा श्रेष्ठ भूमिकास्थान नगरपालिका की कर्मचारी रहेको बुझिएको छ।
प्रकाशित : २०८१ कार्तिक १९ गते २१:३३
Facebook Comment