परियोजना ब्यबस्थापन तथा समन्वयसमिति (PMCC)हरुका लागी आयोजना गरिएको हेफर आधारशिला तालिम पूर्वखोला गाँउपालिकाको ढोलीमारा सामुदायिक होमस्टेमा सम्पन्न भएको छ ।
”भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ती सिकाऔं” आर्थिक समृद्दीका लागी साझेदारी कार्यक्रम, अन्तर्गत यो तालिममा सहभागी गाँउपालिका शाखाप्रमुखहरु, ६ वडाका अध्यक्ष , गाँउ कार्यपालिका सदस्यहरु, साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रका कर्मचारीहरुको सहभागीता रहेको थियो। दुई दिन सम्म चलेको तालिममा न्यायोचित एवम दिगो बिकाशका लागी १२ वटा आधारशिला , नेतृत्व र नेतृत्वशैली , सकारत्मक प्रबृती र ब्यवहार, बिभिन्न किसिमका सामाजिक मुल्यमान्यता र सिद्दान्त, स्व मुल्यकन र समिक्षाका बारेमा जानकारी पाएका छन ।
सहभागीहरुले तालिमका लागी तालिम होइन, परियोजना परिचालन देखि आफ्नो दैनिक ब्याबहारमा आफुलाई परिबर्तन गर्न सिकाउने ब्यवहारिक ग्यान तालिमले सिकाएको सहभागीहरुको प्रतिकृया छ ।
बरिष्ठ प्रशिक्षक शकुन्तला रसाली, हेफर प्रोजेक्ट प्रदेश संयोजक प्रेम स्यम्बयु , अधिकृत शोभाखर न्यौपाने लगायतले शहजिकरण गर्नु भएको थियो। समापनको अवसरमा बोल्दै प्रशिक्षक रसालीले मानबिय चेतना सबभन्दा महत्वपुर्ण रहेको , पछिल्लो समय तालिमलाई त्यती महत्व नदिएको र मानबिय चेतना बिकासको लागी , नया ग्यान प्रप्तीको लागी र पुनर्ताजकियको लागी तालिमको महत्व रहेको बताउनु भयो।
साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रको संयोजन र ब्यबस्थापन सहयोगमा कार्यक्रम चलेको थियो भने पूर्वखोला गाँउपालिका र हेफर प्रोजेक्ट नेपालले आर्थिक तथा प्राबिधिक सहयोगमा कार्यक्रम भएको हो ।
समाज उत्थानसहयोग केन्द्रका कार्यक्रम संयोजक राजकुमार आलेले कार्यक्रम संचालन गर्नु भएको थियो भने , पूर्वखोला गाँउ पालिका अध्यक्ष नुन बहादुर थापाले , यो तालिमले प्रभाबकारी योजना सम्पन्न गर्न सघाउं पुर्याउने छ, ब्यक्तिगत जिबनमा ब्यवहारिक परीवर्तनमा सघाउं पुग्ने बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो।
प्रकाशित : २०८१ कार्तिक १० गते २३:१३
Facebook Comment