जनसेवा र जल्पादेवी को २६औं र १४ औं बार्षिक साधारण सभा सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ असोज २९ गते २३:२२

पूर्वखोला २ जल्पामा रहेको श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २६औं र श्री जल्पादेवी महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा एकै सभाबाट सम्पन्न भएको छ।जनसेवा सहकारीका अध्यक्ष प्रेम नारायण भट्टराईले संस्थाको बार्षिक प्रगति प्रतिबेदनको साथै ५ करोड ८१ लाख ३७ हजार ८९७रुपियाँ बराबरको आयब्याय प्रस्तुत गर्नु भयो। सहकारी ब्यबस्थापक बेद प्रसाद बस्यालले ३६ लाख १८ हजार २२१ रुपैयाँ शुद्द नाफा कमाएको सुनाउनु भयो। लेखा संयोजक भिम वहदुर सारुले सहकारी मार्फत गरिएका कृषिको योजना र आर्थिक प्रतिबेदन सुनाउनुभयो । यस सहकारीमा ११ सय ३१ जना सेयर सदस्य रहेका छन।
यसै सभामा जल्पा देवी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इस्वरा देवकोटाले आफ्नो संस्थामा २४८ जना महिलाहरु मात्र आबद्ध रहेको जानकारी गराउदै एक करोड ,११ लाख, ६७ हजार ,३४८ रुपियाँ बराबरको आयब्याय सुनाउनु भयो। ब्यबस्थापक सीता देवकोटाले ३ लाख,५५ हजार,५०२ रुपियाँ शुद्ध नाफा कमाएको सुनाउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश सरकार स्वास्थ मन्त्री खेम बहादुर सारुले सर्वसाधारण जनताको जीवन स्तरमा आर्थिक समृद्धि ल्याउन सहकारीको महत्त्वपुर्ण भुमिका रहेको बिचार व्यक्त गर्नु भयो साथै डिजिटल प्रबिधिमा सेवा दिने, बचत र स्वास्थ जीवन शैलीको लागि परिश्रमी बन्ने कुरामा जोड दिनु भयो।
यस्तै गरि कार्यक्रमका बिशिस्ट अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन वाहादुर थापाले सहकारीको राम्रो पक्षको विश्लेषण गर्दै बचत र उद्देश्यमुलक ऋणप्रबाहले ब्यक्तिको दैनिकी र आर्थिक सुधारमा कत्तिको सजिलो भएको छ भन्ने कुराले प्रभाव पार्दछ, हरेक पक्षमा संक्षम भैकन पनि आबश्यक परेको खन्ड्मा गाउँपालिका सहजीकरणको लागि तयार रहेको बताउनु भयो।
त्यस्तै गरि बिशिस्ट अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पान्डेले यो सहकारीको इतिहास देखि सुधारको पक्ष औल्यौदै , बर्तमान अबस्थामा सहकारी ठगी प्रकरणको बारेमा स्पस्टिकरणमा आफ्नै गाउँ र ठाउकाले चलाएको सहकारी ठगिएको अहिलेसम्म रेकर्ड छैन, बाहिरी शक्ति बाहिर ठाँउमा चलाएका सहकारी धेरै ठगीमा परेको सुनाउनु भयो। यहीँका शेर धनी र संचालक आफ्नो निति नियममा रही ढुक्क संग कारोबार गर्न समेत अनुरोध गर्नुभयो।
सहकारी सस्थाका संस्थापक अध्यक्ष इस्वरी न्यौपानेले एउटै प्राकृतिका सहकारी एकीकरण भएर अगाडी बढनु पर्ने सुझाब दिनु भयो। साधारणसभाले बार्शिक योजना सहित १० वटा सस्थागत प्रस्तावहरु पास गरेका छन।
सस्थाका उप अध्यक्ष दानबहादुर ठाडाको स्वागत बाट शुरु भएको कार्यक्रम सचीव दिपक न्यौपानेले सन्चालन गर्नु भएको थियो भने अध्यक्ष प्रेम नारायण भट्टराईले कार्यक्रमको समापन गर्नु भएको थियोे ।


प्रकाशित : २०८१ असोज २९ गते २३:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology