प्रधानमन्त्री केपी ओली र प्रमुख सत्तारूढ घटक कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार एक रिसोर्टको उद्घाटन गरे ।
ओली र पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेसका देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित होलिडे इन रिसोर्टको उद्घाटन गरेका हुन् । उनीहरुले एकैसाथ रिबन काटेर रिसोर्ट उद्घाटन गरे ।
हालै गएको बाढीपहिरोमा परी व्यापक धनजनको क्षति भयो ।
तर, दुई तिहाईको शक्तिशाली सरकार चलाइरहेको दाबी गर्ने ओली र देउवा एकपटक पनि प्रभावित क्षेत्रमा पीडितको अवस्था र क्षतिबारे बुझ्न गएका छैनन् ।
विपदको पूर्वजानकारी भएर पनि विपदअघि र पछि सरकारको उपस्थिति नदेखिएको भन्दै आलोचना भइरहेको छ ।
चाखलाग्दो कुरा त के छ भने ओली र देउवाले रेस्टुरेण्ट शुभारम्भ कार्यक्रममा मन्त्रीहरुको ताँती थियो ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासहितका मन्त्रीहरु ओली र देउवाको अघिपछि देखिन्थे ।
ओली र देउवाले रिबन काटिरहँदा उनीहरु पछाडि उभिएर ताली बजाइरहेका थिए ।
प्रकाशित : २०८१ असोज २८ गते १४:०८
Facebook Comment