समाजमा घटेका घटना दुरुस्तै उतार्ने प्रयास गरिएको नाटक ढोलीमारा नाट्य समुहको प्रस्तुति मगर संस्कृतिमा आधारित वियोगान्त नाटक “भाक्या लाम”

माया राना,जल्पा
प्रकाशित : २०८१ असोज २७ गते २२:३२

आफ्नै समाजमा घटेका घटना जो बिर्सदै र हराउदै गैरहेका छन ।दुरुस्तै उतार्ने प्रयास गरिएको छ यो नाटकमा ।
पूर्वखोला २ जल्पा ढोलीमारा,मगर समुदायमा आधारित वियोगान्त नाटक मगर भाषाको “भाक्या लाम” ( दोबाटो ) नाटक यहीका नाट्य समुहले तयार गरिएको थियो।
यस नाटकमा मगर समुदायमा भएका पुराना सस्कृती,भेजा प्रथा, भागी विबाहको चलन,सम्पन्न विबाहको प्रक्रिया , मृत्यु पछी गरीने संकृती चालचलन , त्याग्नु पर्ने बिकृत्ती र संरक्षण गर्नु पर्ने पुराना संस्कार संकृतीको बारेमा नाटकमा दर्शाइएको थियो।
नेपालीहरुको महान पर्व वडा दशैको अवसरमा हरेक बर्ष यो नाट्य समुहले समाजमा प्रत्यक्ष प्रभाव रहेका बिषय उत्थान गर्ने गरी प्रहसन ,सडक नाटकहरु प्रदर्शन गर्दै आईरहेको छ।
यो नाटकको परिकल्पना अबिनाश आलेले गरेको थियो भने लेखन,निर्देशन ,संयोजन मिलन सारु,दिलिप घर्ती ,मदन कवरले गरेका थिए। दशैं टिकाको भोलिपल्ट शयारी बाल बिद्यालय प्रांगणमा प्रदर्शन गरीएको नाटक हेर्नको लागि जापानी समाज सेवि ओके बाजि (काजुमासाकाकिमी) प्रमुख अतिथी सहित ढोलीमारा समुदायक सय जना बढीको उपस्थिति रहेको थियो ।   यसै दशैं पर्वको अवसरमा पूर्वखोला जल्पाको टोल टोलमा पुराना संस्कृति संरक्षणको लागी , साकिने, तल्लो झेरुदी, माथिल्लो झेरुदी, वापान , जगरखर्क , साठिकोल , आर्गीडाडा लगायतका ठाउँहरुमा ठाडोँ भाका सालैजो,झ्यौरेमा रमाईरहेका छन भने जल्पाको मैदानटोलमा मारुनी (ठुलोनाच) देखाइएको छ। पुराना संस्कृति संरक्षणमा नयाँ पुस्ताका युवाहरु र बुद्धजिबिहरुको सक्रियता देखिन्छ ।


प्रकाशित : २०८१ असोज २७ गते २२:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology