नागरिक सुनुवाइ कार्यकम पाल्पाको रामपुरमा सम्पन्न

Kandara News
प्रकाशित : २०८१ असोज २१ गते १८:३५

 

असोज २०  रमा भण्डारी रामपुर, पाल्पा

इलाका प्रहरी कार्यालय रामपुरको आयोजनामा नागरिक सुनुवाइ कार्यकम पाल्पाको रामपुरमा भएको छ । चाडपर्वलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले आर्थिक बर्षमा गरेका गतिबिधी र हुन सक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रणमा ल्याउन सरोकारवाला बिच सुनुवाइ कार्यक्रम गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले गत बर्ष र यस आर्थिक बर्षमा इलाका प्रहरी कार्यालयबाट दिइएको सेवा र रामपुर क्षेत्रको सामाजिक तथा अपराधिक अबस्थाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले रामपुर क्षेत्रमा जनघनत्व बढी हुने र सुरक्षा दिने जनशक्ति कम हुँदा समस्या भएपनि प्रहरी बर्दी र शिबिलमा हुदा समेत नियमित शान्ति सुरक्षा दिन खटिइरहेको बताउनुभयो ।

चाडपर्वको समयमा बढी चहलपहल हुँदा चोरी, लुटपाट र हिंसाका घटना हुनसक्ने भएकोले सजक रहन अनुरोध गर्दै प्रहरी निरीक्षक नेपालीले यसमा सबै चनाख हुनुपर्ने बताउनुभयो ।कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अहिलेका बच्चा र युवा बढी सामाजिक सन्जालमा हुँदा सकारात्मक भन्दा नकारात्मक प्रयोग बढी हुने हुँदा समाजमा विकृति विसंगति बढ्ने भएकाले सबैले यसको लागि बुझनु पर्ने बताउनु भयो । । कानुनी प्रक्रियामा गएर काम गर्न सवारी चाप र व्यबस्थापनमा ध्यान दिन पटका जन्य बस्तु र प्लाष्टिक जन्य बस्तुमा रोक लगाएको बताउदै समाजमा अझै पनि चेतनाको स्तरमा समस्या भएको ले प्रहरीको मात्र दायित्व होइन समाजमा बस्ने हामी सबैको दायित्व हो भन्नु भयो । कार्यक्रममा नगर प्रमुख थापाले शुभ विजया दशमी शुभ दिपावली छठ र नेपाल सम्वत्को शुभकामना दिदै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्षँ तथा नगर प्रवक्ता कपिल बहादुर खाँण नेपाली काँग्रेस नगर सभापति नेत्र प्रसाद भट्टराइ , वडा नम्वर ३ का वडा अध्यक्ष दामोदर पाठक समाज सेवि देव बहादुर दर्जिे ,बुद्धि प्रकास रेग्मी मोहोन भट्टराइ लगायतले विभिन्न यस क्षेत्रका समस्याको बारेमा जिज्ञासा सगै सुझाव दिनु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको नागरिक सुनुवाइ कार्यक्रममा स्वागत नगर उपप्रमुख बालकुमारी थापाले गर्नु भएको कार्यक्रम इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०८१ असोज २१ गते १८:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology