राष्ट्रिय संविधान दिवसको अवसरमा बृक्षारोपण

माया राना,जल्पा
प्रकाशित : २०८१ असोज ३ गते २०:३१

असोज ३ गते ,नेपालको संबिधान जारी भएको ऐतिहासिक दिन ,यसै अवसरमा विभिन्न स्थानमा आ आफ्नै तरिकाले कार्यक्रम आयोजना गरि ,समाजको लागि जनश्रमदान गरि मनाइरहेको छ।
यसै अवसरमा पूर्वखोला गाउंपालिका वडा न २ जल्पा माथिल्लो झेरुदिका समुदायले बृक्षारोपण गरि राष्ट्रिय संविधान दिवस मनाएका छन ।
पूर्वखोला जल्पा वडाको स्वागत द्वारको रूपमा रहेको माथिल्लो झेरुदिको सत्यकोल क्षेत्र ,नव निर्मित सत्यवती मन्दिर
र गाउँ पालिका स्तरीय खेल मैदानले जल्पामा स्वगत गरि रहेको आभास गराउदछ।
यसै क्षेत्रलाई पर्यपर्यटकिय बिस्तारको लागी डिभिजन बनकार्यलय पाल्पाबाट धुपी ,कपुर,निम जातका १०८वटा बिरुवा अनुदान सहयोग गरेको छ। बिरुवा सत्यवती मन्दिर परिसर र २५ रोपनी क्षेत्रफलमा रहेको खेल मैदान वरिपरि लगएका छन। डिभिजन वन कार्यलय पाल्पाका बरिस्ठ बन अधिकृत खिल बहादुर तामाङले सामाजिक बिकास ,पर्यपर्यटन प्रबंधन्का लागी समुदायले समन्वय र सहकार्य गरे आफू सहयोग गर्न तयार रहेको बताउनु भयो।
जल्पा वडा अध्यक्ष नीर वहादुर सारुले यस स्थानमा बिस्तार भइरहेको पर्यटन क्षेत्रलाई संरक्षण र सबर्द्द्नको लागी समुदाय महत्वपुर्ण भुमिका रहन्छ भन्नू भयो जल्पाको माथिल्लो झेरुदी,वापान,जगरखर्क,जल्पा बजार क्षेत्र ,बरेक्दीटोलका समुदाय बिरुवा रोप्न श्रमदानमा जुटेका थिए। जल्पा वडा अध्यक्ष नीर वहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८१ असोज ३ गते २०:३१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology