मातृभूमिमा शैक्षिक सुधारका लागि त्रिपक्षीय छलफल ।

भुवन सिंजाली
प्रकाशित : २०८१ असोज २ गते २२:४०

मातृभूमि माद्यामिक विद्यालय पुर्वखाेला ४ देविनगरले शैक्षिक सुधारकाे लागि विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षकहरु बिच अन्तरक्रिया भएको छ।

विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघकाे समुह । मा वि तहका शिक्षक , आधारभुत तहका शिक्षक र प्रा वि तह अंग्रेजी माध्यमका शिक्षकहरु विच छुट्टा छुट्टै छलफल गरि १९ वटा बुधा कार्यनयन गर्ने निर्णय गरेको छ ।
जसमध्ये विद्यार्थी केन्द्रित शिक्षण गर्ने ।
नियमित गृहकार्य गर्न लगाउने र चेक गर्ने ।
प्रविधिमैत्री शिक्षण गर्ने ।
सकरात्मक साेचकाे विकास गर्ने ।
अभिभावक सहित नतिजा विश्लेषण तथा समिक्षा गर्ने ।
मिनि हाेस्टेलकाे निरन्तरता दिने।
चमेना गृहकाे व्यवस्थापन गर्ने ।
अभिभावक शिक्षा संचालन गर्ने ।
विशेष अवस्थाका विद्यार्थीलाई विशेष कक्षा संचालन गर्ने ।
सराेकारवालाले नियमित अनुगमन गर्ने ।
विद्यालय घेराबार तथा गेटकाे व्यवस्था गर्ने ।
प्र अ संग करार सम्झौता ६ महिनाको गर्ने ।
शिक्षक विद्यार्थी अनिवार्य पाेशाक लाउने ।
अतिरिक्त गृहकार्य नियमित संचालन गर्ने ।
शिक्षकहरु बिच सहकार्य गर्ने ।
त्रिपक्षीय छलफल नियमित गर्ने ।
लगाएका विषय बस्तु समेटिएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले शैक्षिक सुधारको लागि त्रिपक्षीय छलफलबाट तयार गरेका विषय वस्तुलाई आ आफ्नो क्षेत्रबाट कदाइका साथ पालना गरे छिट्टै शैक्षिक अवस्थाकाे नतिजा सुधार हुने भन्दै म बनाउछु मेराे विद्यालय मैले पूरा गर्छु मेराे कर्तव्य लाई आत्मासाथ गर्न अनुरोध गर्नुभयो ।
कार्यपालिका सदस्य रेवति सरा घर्ती, पूर्वखाेला गाउँ शिक्षा समिति सदस्य भुवन सिंजालि शिक्षक अभिभावक संघका अध्यक्ष हुम बहादुर सिंजालिले शैक्षिक सुधारकाे बारेमा बाेल्दै आफ्नाे कर्तव्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाेज बहादुर मश्राङ्गिकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०८१ असोज २ गते २२:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology