देविनगरले गर्याे विस्तारामै नविकरण

भुवन सिंजाली,देविनगर
प्रकाशित : २०८१ भदौ ३० गते १९:२०

पूर्वखाेला गाउपालिका ४ नम्बर वडा कार्यालय देविनगरले यस आर्थिक वर्षकाे सामाजिक सुरक्षा भक्ता लापग्राहि अशक्त जेष्ठ नागरिक विरामिहरुकाे नविकरण विस्तारामै गरेको छ।
वडा कार्यालयकाे निर्णय अनुसार जनप्रतिनिधि र कर्मचारीहरु घर घर पुगि अशक्त अपांग जेष्ठ नागरिक र विरामि लापग्राहिहरुकाे नविकरण फम लिइ विस्तारामै नविकरण गरिदिएको हाे।

देविनगरमा यश वर्षकाे पहिलो किस्ता भत्ता पाउने जेष्ठ नागरिक १९२ जना जेष्ठ दलित १८ जना एकल महिला १३१ जना अशक्त अपांग ७ जना अामसिक अपांग २१ जना दलित बालबालिका १० जना गरि जम्मा ३७१ जना रहेको वडा सचिव तेजिसरा थापाले बताउनुभयो ।

प्यारालाइशिस भएर विस्तारामै थला पर्नु भएको जेष्ठ नागरिक पाेवि सरा सिंजालिले आफ्नाे भत्ता नविकरण जनप्रतिनिधि र कर्मचारीहरु अाएर विस्तारामै गरिदएकाेमा खुसि हुदै धन्यवाद दिनुभयो । अर्का जेष्ठ नागरिक शेर बहादुर बरालले आफ्नाे काेहि नभएको अाखाले पनि राम्रो देख्न नसक्ने हुदा कागजपत्र कुन हाे थाहा नभएको बेला घरमै आएर नविकरण गरिदिए पछि भत्ताले नै खानपिन गर्न पुग्ने भन्दै खुसि भए ।

वडा अध्यक्ष मेहर सिं थापाले घरमै बस्ने अशक्त अपांग जेष्ठ नागरिकहरुकाे घर घरमै गएर सामाजिक सुरक्षा भत्ता नविकरण गरेको र अन्य सक्ने लापग्राहिहरु सुचना गरे पनि नविकरण गर्न नआएकाहरु १४ जनाकाे भने नविकरण नहुने बताउनुभयो ।


प्रकाशित : २०८१ भदौ ३० गते १९:२०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology