पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा ६०औ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ

माया राना,जल्पा
प्रकाशित : २०८१ भदौ २९ गते २१:००

पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा ६०औ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। बाल बिकास बालमंचको आयोजना र,गाउँ बाल संरक्षण सम्बर्द्धन समिति जल्पाको सहजीकरणमा संचालन भएको कार्यक्रममा आन्तर बाल क्लब स्तरीय हाजिरी जवाफ प्रतियोगिता, गणितीय दौड , बालबालिकाका विभिन्न प्रतिभाहरु कविता ,नृत्य प्रस्तुति गरिएको थियो , १३ वटा बाल क्लब सहभागी रहेको हाजिरी जवाफ प्रतियोगितामा दिब्य ज्योति बालक्लब मुढेखर्कका प्रकृति बि क को समूह पहिलो, जनचेतना बालक्लब छाब्दिको समूह दोस्रो र प्रगतिशीलबाल क्लब राक्सेको समुह तेस्रो भएको छ।

त्यस्तै गरि गणितीय दौडमा १३ जना सहभागी मध्ये जन्चेतना बाल क्लब छाब्दीका सपनिल न्यौपाने प्रथम,जनप्रकाश कृयटिभ समुह साठीकोलका धन माया रखाल दोस्रो र शिव शक्तिबाल क्लबका महेन्द्र ठाडा तेस्रो भएको छ,बिजय सहभागीहरुलाई नगद ,स्टेशनरी सामाग्री र सम्मान पत्रले सम्मान गरिएको थियो। यसै अवसरमा शम्भु मा बि जल्पाबाट यश बर्ष एस ई ई उत्तिर्ण १४ जना बिध्यर्थीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जल्पा वडा अद्द्यक्ष नीर वहादुर सारुले बालबालिकामा लगानी गर्नु,शिक्षा ,सस्कार सिकाउनु भनेको उचित बाताबरणमा बिरुवा हुर्काउनु जस्तै हो,आफूले लगानी गरेपछिको प्रतिफल बाल सहभागिताको उपस्थिति देखेर, टोल टोलमा रहेका बालबालिकाले कुनै अभाव भोग्न नपरोस्, अधिकारको कुरा गर्दा कर्तब्य भुल्नु हुदैन भन्नू भयो। पूर्वखोला गाउँपालिका बालबालिका लक्षित कार्यक्रमले बाल दिवस मनाउनको लागी आर्थिक सहयोग गरेको समेत जानकारी दिनु भयो। समाज सेवि सीता आचार्य , शिक्षक प्रतिनिधि मोहन बाहादुर रखालले शुभकामना मन्तव्य राख्नु भयो।

बाल बिकास बाल मंचका सचिब कृतिषा सारुले प्रतियोगिता कार्यक्रम संचालन गरेको थियो भने गाउँ बाल संरक्षण उप समिति जल्पाका सचिब पदम दर्लामीको सन्चाल्न र संयोजक चित्र बहादुर कंवरको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८१ भदौ २९ गते २१:००

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology