बाल चेतना बाल मंच देविनगरले मनायो ६० औं  बाल दिवस

भुवन सिंजाली,देविनगर
प्रकाशित : २०८१ भदौ २९ गते १८:२२

 

पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरमा गठित बाल चेतना बाल मंचकाे अायाेजना र देविनगर वडा कार्यालयकाे अार्थिक सहयोगमा बालबालिकामा लगानी सुनिस्चित भविष्यकाे थालनि भन्ने नारा सहितविभिन्न कार्यक्रम गरि मनाएको छ।

देविनगर वडा कार्यालयकाे यश अार्थिक वर्ष २०८१ काे लक्षित वर्ग बजेटबाट बालबालिकाकाे लागि विनियोजन गरेको ६०हजार  बजेटबाट बाल मंचले ३ वटा कार्यक्रमकाे प्रस्तावना पेस गरि बाल दिवस कार्यक्रम मनाएको बालबालिका क्षेत्र हेर्नेवडा सदस्य भुवन सिंजालिले बताउनुभयो ।

कार्यक्रम शिशुकक्षा देखि २ कक्षा सम्माका बिच भएको तातो अालु खेलमा टाेजेद्र सारु पहिलो कृष्ण बारघरे दाेस्राे जुनु बाकावल तेस्रो भए ।
कक्षा ३ देखि ५ सम्मकाे मिठाइ डाैड प्रतियोगितामा इसान प्रदान पहिलो , सलिन दर्लामि दाेस्राे र रिस्ता कवर तेस्रो भए ।
बेलुन नाच प्रतियाेगितामा आइसा देंगा र सिम्रन बारघरे पहिलो विमस सिंजालि र मदन दर्लामि दाेस्राे संगिता देंगा र समिका बारघरे तेस्राे भए ।
कुर्चि डाैड प्रतियोगितामा हिरा मसराङ्गि पहिलो , जानकि सुर्यवंशि दाेस्राे उषा खाम्चा तेस्राे भए ।
“बाल अधिकार र कर्तव्य ” शिर्षक वक्तित्वकलामा १२ जना बालबालिकाले सहभागीता जनाएका थिए । सहभागीहरुले नेपाल सरकारले बाल अधिकार सुनिस्चित गरे पनि व्यवहारमा कार्यनयन नभएको र बाल शाेषण ,हिंसा , दुर्ववहार , उद्योगमा बालबालिका प्रयोग भएको र अन्त्यको लागि सराेकालवालाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताए ।
बाल क्लब विद्यालय गरि १४ वटा समुहबाट बाल गित र नृत्य प्रस्तुत गर्दै बाल अधिकार बाल सहभागीता हुनुपर्ने सन्देश दिएका थिए ।
विभिन्न प्रतियोगितामा विजय हुने विद्यार्थी र बाल गित नृत्य प्रस्तुत गर्ने बाल क्लब विद्यालयलाइ बैठक पुस्तिका कापि कलम पुरुस्कार वितरण गरेको थियो ।
सुरु देखि अन्त्यसम्म सबै कार्यक्रम बालबालिका आफैले चलाएका थिए।
कार्यक्रम कमल सिं , इन्द्रा गाहाकाे संचालन र बाल चेतना बाल मंचका अध्यक्ष सविना लाम्काकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ भदौ २९ गते १८:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology