जल्पामा बार्षिक प्रगति समिक्षा सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ भदौ २८ गते २१:३४

पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा बार्षिक प्रगति समीक्षा तथा तथा नयाँ आर्थिक बर्षको योजना सार्बजनिक गर्ने काम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले समिक्षामा टिकाटिप्णी र क्षेत्रगत सवालको जवाफ हुनु राम्रो पक्ष भन्नू भयो।

बिशिस्ट अतिथि पूर्वखोला गाउँपालिका अद्द्यक्ष नुन वहादुर थापाले स्थानिय तहमा भएका बिकासका परिवर्तनहरुलाई सकारात्मक दृष्टिकोणले विश्लेषण गर्न सक्नु पर्छ,त र म को भावनाले कहिल्यै सफल भइदैन, सामुहिक र एकताले परिवर्तन सम्भब रहेको सुनाउनु भयो,स्थानीय तहमा भएको श्रोत मात्र नभई प्रदेश र केन्द्रिय सरकार संग समन्वय गरि योजना अगाडी बढाएको सुनाउनु भयो, समीक्षा कार्यक्रममा गत बर्षको ५० वटा योजना मध्य ४९ योजना सम्पन्न भएको १ योजना सम्पन्न हुन नसकेको र यश आर्थिक बर्ष ०८१ /०८२ को लागि ५९ योजना सार्बजनिक गरिएको छ । गत बर्षको क्षेत्रगत योजनाहरुका जिम्मेवार ब्यक्तिहरुले सम्पन्न योजनाको विवरण ,अनुभव , अवसर र,चुनौतीको बारे सार्वजनिक गरेका थिए ।

लक्षित कार्यक्रमका योजनाहरु , शिक्षा ,स्वस्थ ,कृषि ,पशु ,र , भौतिक योजनाका बिषयमा छल्फल भएका थिए। त्यस्तै गरि ब्यक्तिगत घटना तर्फ यस् बर्ष जन्म दर्ता ८५ जना,मृत्यु दर्ता २०, बिबाह दर्ता ३९ ,सम्बन्ध बिच्छेद ३ ,बसाइँसराइ १२ घर समिक्षामा देखियो।

प्रशासन तर्फ भुमि कर, घर कर, सिफारिस ,घटना दर्ता , ढुङ्गा गिट्टी बालुवा रोयल्टी बापत ६ लाख ,९५ हजार,९६६ रुपियाँ राजस्व जम्मा भएको देखियो । त्यस्तै गरि सामाजिक सुरक्षा कार्यक्रम तर्फ ३६१ जना नवीकरण भैइरहेको र एक करोड ,४२ लाख,३ हजार ,४२० रुपियाँ निकाशा भएको देखियो । जल्पा वडाका कर्मचारी हुम बाहादुर झेंडीको संचालन र जल्पा वडा अद्द्यक्ष निर बहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८१ भदौ २८ गते २१:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology