देविनगरमा युवालाई सशक्तीकरण प्रशिक्षण

भुवन सिंजाली,देविनगर
प्रकाशित : २०८१ भदौ २८ गते १३:२४

पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरमा युवा सशक्तीकरण प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको छ।
देविनगर युवा संजालकाे आयाेजनामा संचालन भएको सशक्तीकरण कार्यक्रममा युवा के हाे । कस्तो उमेर विचार समुहकालाइ युवा भनिन्छ । युवामा सकरात्मक साेचकाे वृद्ध कसरी गर्ने । समाज परिवर्तनमा युवाकाे भुमिका कस्तो हुनुपर्छ । अहिले देशको अवस्था कस्तो छ । युवाले के खाेजि रहेको छ । कसरी परिवर्तन गर्न सकिन्छ । राजनीति के हाे । राजनीतिमा युवाको सहभागीता कस्तो छ भन्ने विषयमा सामाजिक अभियानता दल बहादुर गुरुङले प्रशिक्षण गर्नु भएको थियो ।

देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले समाज परिवर्तनमा युवाको महत्त्वपूर्ण भुमिका हुन्छ । युवाको साेच मेहनतले गर्दा विकास निर्माण छिटो गुणस्तरीय टिकाउ हुने । अहिले राज्यको धेरै क्षेत्रमा युवाको सहभागीताले गर्दा सहि नीति तथा कार्यक्रमहरु संचालन भएको भन्दै पूर्वखाेला गाउपालिकाले युवा राेजगारकाे लागि विभिन्न किसिमका तालिम सहयोग गर्दै आएकाे र युवाहरु सामाजिक राजनीति आर्थिक क्षेत्रमा लाग्नु पर्ने बताउनुभयो ।

सहभागी कमल सिं , ममता सिंजालिले यस कार्यक्रमबाट आफु लगाएत युवाहरूलाई सामाजिक राजनीति के हाे । समाज परिवर्तनमा हाम्रो भुमिका के हुदाे रहेछ । अगाडि बढ्न कसरी सकिन्छ ।नेतृत्व गर्न आत्म विस्वास बढेकोले यस्ता कार्यक्रम नियमित गर्न वडा कार्यालयसंग अनुरोध गरे ।
कार्यक्रम देविनगर वडाका सदस्य भुवन सिंजालिकाे संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ भदौ २८ गते १३:२४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology