अमृत अधिकारीको ‘मनको शान्ति’बोलको नया गीत सार्बजनिक

www.kandaranews.com
प्रकाशित : २०८१ भदौ २७ गते २२:११

अमृत अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘मनको शान्ति’बोलको गीत उनले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेका हुन।

गीतमा स्वर अमृतसँगै शान्तिश्री परियार, राचन्द्र चन्द र सुनिता बुढा क्षेत्रीको छ । विक्रमबाबु विश्वकर्माको शब्द रचना रहेको गीतमा हुकलाइन र संगीत नन्दु परियारको छ । गीतमा दैनिक जनजीवनमा झेल्नुपर्ने तनाव कसरी कम गर्ने, मनलाई कसरी शान्त बनाउने भन्ने पक्षलाई जोड दिइएको छ । गीतले समसामयिक विषय उठान गरेको छ । आर्थिक मन्दीको प्रभाव, सहकारीमा जम्मा गरेको रकम हिनामिनाले सिर्जना गरेको असरलाई गीतले समेटेको छ । भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् । गीतको भिडियोमा रामचन्द्र अधिकारी, जुना गुरुङ, बिमल अधिकारी, यशु भट्टराईलगायतको अभिनय छ ।


प्रकाशित : २०८१ भदौ २७ गते २२:११

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology