राष्ट्रिय बालदिवस २०८१ को लागि गत वर्षकै नारा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी “

माया राना,जल्पा /www.kandaranews.com
प्रकाशित : २०८१ भदौ २७ गते २१:५१

राष्ट्रिय बालदिवस २०८१ को लागि गत वर्षकै नारा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी ” महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा यसै नारालाई निरन्तरता दिने सूचना गरेको छ।
यही भाद्र २९ गतेलाई राष्ट्रिय बालदिवसको रूपमा मनाइदै आइरहेको अवसरमा पूर्वखोला गाउँपालिका वडा नं. २ मा रहेको गाउँ बालसंरक्षण सम्वर्द्वन समिति जल्पाले हरेक वर्ष बालविकास मञ्चले आयोजना गरेको कार्यक्रममा सहजीकरण गर्दै आईरहेको छ।यस वर्ष पनि बाल मञ्चकै आयोजना र सञ्चालनमा , अन्तर बाल क्लबस्तरीय हाजिरीजवाफ प्रतियोगिता , हिसाब दौड , शहर चुन्ने सामुहिक खेल, २०८० को SEE उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रम रहने ,गाउँ बालसंरक्षण समितिका संयोजक चित्रवहादुर कँवरले बताउनु भयो। हरेक बालबालिकासँग कुनै न कुनै सीप ,प्रतिभा , क्षमता , दक्षता हुन्छ ,जिज्ञासु,सिर्जनाशील हुन्छन् , कार्यक्रम आयोजना र संचालन बाल्बालिकाले नै गर्न सक्छन र हामीले सहजीकरण मात्र गर्ने हो । सिक्ने र सिकाउने अवसर पनि हो ।

बाल संरक्षण समितिले कोही बालबालिका यो अवसरबाट नछुटाई सहभागी गराउनको लागि बाल क्लबको आवश्यक तथ्यांक संकलन गरेको छ। टोलमा रहेका सरोकारवालाहरुलाई सहजीकरणको लागि अनुरोध गरिएको छ। यो समितिले यसै आर्थिक वर्षमा बिभिन्न प्रकोपमा परेका, आगलागि ,दुर्घटना, र अभिभावकबिहिन बालबालिकाहरुलाई स्थानीय सरकासँग समन्वय गरेर सहयोग गरेको सुनाउनु भयो। हामी सबै बालबालिकाको सरोकारवाला हो। सहयोग गर्न कन्जुस्याइँ नगर्न समेत अनुरोध गर्नुभयो।


प्रकाशित : २०८१ भदौ २७ गते २१:५१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology