नारीहरुको महान चाड हरीतालिका तिजको अवसरमा ,तिज बिशेश कार्यक्रम जल्पामा मनाए

माया राना
प्रकाशित : २०८१ भदौ २२ गते १०:५१

नारीहरुको महान चाड हरीतालिका तिजको अवसरमा ,तिज बिशेश कार्यक्रम पूर्वखोला जल्पामा मनाए, कार्यक्रमका प्रमुख अतिथि जल्पा वडा अध्यक्ष नीर बाहादुर सारुले मौलिकता बचाउन टोल टोलमा रहेका दिदिबहिनीहरुको सिर्जना र प्रतिभाको प्रशंसा गर्नु भयो।
प्रबिधि र समयले फड्को मार्दै गर्दा पुराना तिज भाका संरक्षण गर्दै धेरै भन्दा धेरै घरमा सिमित रहने महिलालाई सहभागी गराउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ,जहाँ प्रतियोगिता नभएर सहभागितामूलक नाच र गीत प्रस्तुत गरेका थिए , जल्पा वडा भित्रका रहेका १० समुहले, घरको चुल्होचौकोदेखि समसामयिक महिला माथि भएका हत्या ,हिंसा ,बलात्कार घटनाको बारेमा गीतमार्फत पोखेका थिए।
सहभागी समुहलाई नगद दुई हजारका दरले नास्ताको लागी सम्मान गरेका थिए। यस्तै कार्यक्रम जल्पाको मैदान,साठीकोल अनि खैरेनिमा पनि आयोजना गरिएको थियो।
महिला कल्याण परिवार जल्पाले आयोजना गरेको कार्यक्रम उपाध्यक्ष शान्ति रानाको स्वागत ,सचिव टोलसरि राईको संचालन र अध्यक्ष लिला रानाको अध्यक्षतामा सम्पन्न भएको हो।


प्रकाशित : २०८१ भदौ २२ गते १०:५१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology