पूर्वखोला गाउँपालिका  २ खैरेनीमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८१ भदौ २१ गते २२:३५

 

नेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालिका तीजको अवसरमा पूर्बखाेला गाउँपालिका वडा नं २ छाब्दी स्थित बिन्दबासिनी युवा क्लबद्वारा सरस्वती मा. वि खैरेनीमा आयोजित प्रतियोगितामा

बिन्दबासिनी आमा समुह छाब्दी प्रथम,

रम्भा आमा समुह दद्रा द्वितीय र

सरस्वती मा वि खैरेनी कक्षा १० समुह तृतीय भएका छन् ।

क्लबका अध्यक्ष मेघराज न्याैपानेकाे अध्यक्षता र पुर्व जनप्रतिनिधि इश्वरी प्रसाद न्याैपानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी रामप्रसाद आचार्य, जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनाल,सरस्वती मा वि पुर्बखाेला-२ खैरेनीका प्रधानाध्यापक रमेश न्याैपाने,निर्णायक मण्डल संयोजक पुजा श्रेष्ठ,क्लबका सचिव शंकर न्याैपानेलगायतले प्रतियोगिताको आवश्यकता र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा पूर्बखाेला स्थित बिभिन्न आमा समुह,क्लब तथा विद्यालय गरी आठ समुहको सहभागीता रहेको थियो ।साे अवसरमा प्रतियोगिताका अलावा अन्य तीज गीत तथा नृत्य प्रदर्शन भएको थियो ।

 


प्रकाशित : २०८१ भदौ २१ गते २२:३५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology