जल्पामा मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न

माया राना
प्रकाशित : २०८१ भदौ १८ गते २२:१०

पूर्वखोला गाउँपालिका वडा न २ जल्पा साकिने,मुढेखर्कमा सम्पन्न सामुदायिक भवन, साकिने बघेलामा सम्पन्न जल्पा देबीको मन्दिर र अर्को रम्भा देवीको मन्दिर एक औंपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको छ।
गत आर्थिक बर्ष २०८०/०८१को १०/१० लाखको प्रदेश सरकारबाट बिनियोजित बजेटबाट योजना सप्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर र राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले पन्चेंबाजा सहित उद्घाटन गरेका हुन।

कार्यक्रमका प्रमुख अतिथिले पर्यटकीय संभावना रहेको यो गाउँमा समुदायको सकृयता र जनश्रमदानको सम्मान गर्दै योजना समयमै ,प्रभाबकारी ढंगले सम्पन्न भएको र आफू केन्द्र सरकारमा रहदा गर्न सक्ने सहयोगमा कुनै कमि आउन नदिने बताउनु भयो।
कुनै योजना सम्पन्न गर्नको लागी तीन तहको भुमिका बारे जानकारी दिनु भयो,त्यस्तै गरि कार्यक्रमका बिशिस्ट अतिथि गैरेले आफू राष्ट्रिय सभामा रहेर जनताको सर्बोत्तम हित हुने काममा बारम्बार लागीरहेको बताउनु भयो। त्यस्तै गरि बिशिष्ट अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बाहादुर थापाले संरचनागत तहबाट आउने योजनाहरुको भ्रमात्मक आलोचनाहरु सामाजिक संजालमा आउने हुदा बुझेर सत्य तथ्य खोज्नु सबैको अधिकार हो, भन्नू भयो।
यसै अवसरमा जल्पा वडा अध्यक्ष नीर बाहादुर सारु, शिक्षक प्रतिनिधि राम प्रसाद न्यौपाने, संविधान सभा पुर्व सदस्य लिला सोमै,थर्क काम्मु, लगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको बिचमा अतिथिहरुलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरेका थिए।
समाज सेवी लोक बाहादुर रानाको स्वागतबाट शुरु भएको कार्यक्रम डोल राज बि क को संचालन र समाज सुधार युवा क्लबको अध्यक्ष अन बाहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको हो।


प्रकाशित : २०८१ भदौ १८ गते २२:१०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology