लुम्बिनीका स्वास्थ्य मन्त्री सम्मानित 

भुवन सिंजाली
प्रकाशित : २०८१ भदौ २ गते १८:५५

 

पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर वडा कार्यालयले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननिय खेम बहादुर सारुलाइ एक कार्यक्रम गरि वडा कार्यालयमा सम्मान गरेको छ।

मन्त्री सारुलाइ देविनगर वडाका अध्यक्ष मेहर सिं थापा वडा सदस्य भुवन सिंजालि वडाका कर्मचारी स्वास्थ्य चाैकिका कर्मचारीहरुले फुलमाला दाेसल्लाले सम्मान गरेको हाे।

मन्त्री सारुले देविनगर वडा कार्यालय देविनगर स्वास्थ्य चाैकिकाे भवन निरिक्षण गर्नु हुदै सम्मान कार्यक्रममा स्वास्थ निराेगि बलियो मानिस भए मात्र समाज देशकाे विकास छिटो हुन्छ । स्वास्थ मानिस हुनकाे लागि स्वथकर खाना , नियमित व्यायाम , नियमित स्वास्थ्य परिक्षण गर्नुका साथै अनावश्यक रुपमा महत्वाकांक्षा चिन्ता लिनु हुदैन । स्वास्थ्यकर्मीहरुले सेवाग्राहीलाई सेवा दिदा के काम गर्छ पारिवारिक अवस्था कस्तो छ । त्यहाकाे सामाजिक अवस्था के छन् भने साेध्नु पर्ने र अाैषधिसंगै मनाेसामाजिक सेवाहरु पनि दिनु पर्छ । अहिले नसर्ने राेगका विरामिहरु धेरै बढिरहेको छ लुम्बिनी प्रदेश सरकारले क्यान्सर , मुटु , मिर्गौला डायलशिस गरेका विरामिलाइ २ लाखकाे दरले उपचार खर्च दिइरहेको छ । देविनगरकाे स्वास्थ्य चाैकि भवन निर्माणकाे लागि पहल गरिरहेको र छिट्टै बजेटकाे व्यवस्था हुने प्रतिव्यतक्ता गर्नु हुदै स्वास्थ्य कर्मिहरुलाइ स्वास्थ्य क्षेत्रमा कुनै पनि कमि हुन नदिन निर्देशन दिनुभयो ।

मन्त्रीकाे सम्मान कार्यक्रममा पुर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा उपाध्यक्ष भागिरथि भट्टराई स्वास्थ्य शाखाका प्रमुख माेहन ढकाल शिक्षा शाखाका प्रमुख लाेकहरि देवकोटा युवा समाजसेवी जीवन अाचार्य ने क पा एमाले पुर्वखाेला गाउकमिटिका अध्यक्ष रविन्द्र पंगेनि देविनगर महिला सहकारी संस्थाका अध्यक्ष तथा पढाकारि देविनगर बजारका बासिन्दाहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रम देविनगर वडा सदस्य भुवन सिंजालिकाे संचालन र वडा अध्यक्ष मेहर सिं थापाकाे अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०८१ भदौ २ गते १८:५५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology