लुम्बिनी प्रदेशका माननीय स्वास्थ्य मन्त्री सारुलाई जल्पामा भब्य स्वागत तथा बधाई ज्ञपन ।

माया राना
प्रकाशित : २०८१ भदौ २ गते १८:४९

लुम्बिनी प्रदेश सरकार माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारुलाई पूर्वखोला गाउँ पालिका वडा नम्बर २ जल्पामा एक औपचारिक कार्यक्रम गरी स्वागत तथा बधाई दिइएको छ।
मन्त्री सारुको जन्म स्थान पनि यही स्थानमा भएकोले मन्त्री पद ग्रहण गरे पहिलो भेटघाटको अवसरमा स्थानिय संग सस्था,पार्टी प्रतिनिधिहरु,सामाजिक संग संस्था ,बिद्यालय परिवारले, फुलमाला र न्यु जल्पाली पन्चे बाजा समूहले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सारुले आफुले स्वस्थ क्षेत्रमा पाएको जिम्मेवारी प्रति बफादार रही सहयोग गर्ने बताउनु भयो, भौतिक रूपमा सम्पन्न पूर्वखोला गाउँ पालिकाको स्वस्थ क्षेत्रमा अवस्यक सामाग्री कमी हुन नदिने,माध्यमिक बिद्यालयहरुमा एक जना नर्स सहितको हेल्थ डेस्कको ब्यब्स्था गर्ने,जस्ले स्वस्थ परिक्षण मात्र होईन किशोरी शिक्षा ,स्वस्थ मनोबिमर्श ,बाल बिबाह बिरुद्धको शिक्षा समेत सहजिकरण गर्नेछ भन्नु भयो।
पूर्वखोला गाउँ पालिकाको राम्रो स्वास्थ्य सुचांकको प्रसंसा गर्दै जनसमुदायलाई आफ्नो स्वस्थको ख्याल राख्न, मध्यम र धूम्रपान नगर्न अनुरोध गर्नु भयो, यस्तै गरी प्रदेश सरकारबाट बिनियोजन भएका योजनाहरुको बारेमा जानकारी दिदै दिगो र गुणस्तर योजना सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गर्नु भयो।बिकास भनेक भौतिक मात्र नभैइ सामाजिक र आर्थिक संग संगै हुनुपर्ने पुर्वधार र उत्पादनमा महत्व दिने ,संघ ,प्रदेश ,र स्थानिय तह मिलेर स्वस्थ लगायत सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन आफू जति बेला पनि बहस ,पैरवी ,सहजीकरण गर्न तत्पर रहने बताउनु भयो।
यसै अवसरमा कार्यक्रमका बिशिस्ट अतिथि गाउँ पालिका अद्द्यक्ष नुन बाहादुर थापा,उपाध्यक्ष भागिरथी भट्टराई ,शिक्षा शाखा प्रमुख लोक हरि देवकोटा ,स्वस्थ शाखा प्रमुख मोहन ढकाल, युवा नेता जीवन आचार्य ,रनिन्द्र पंगेनी ,स्थानीय संघ संस्था प्रतिनिधि बेद प्रसाद बस्याल,टोल सरी राई,चन्द्री रखाल,माया राना,रन्बिर बराल, राम प्रसाद आचार्य ,लगायतलेबधाई तथा शुभकामना दिनु भयो। यसै अवसरमा गाउँ पालिका अध्यक्षले स्वस्थ मन्त्रालयलाई माग पत्र पेश गर्नु भयो। जल्पा स्वस्थ चौकी प्रमुख पदम दर्लामीको स्वागतबाट शुरु भएको कार्यक्रम ,शम्भु मा बि जल्पाका प्र अ चित्र बाहादुर कवरको सन्चालन र जल्पा वडा अध्यक्ष नीर बहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ भदौ २ गते १८:४९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology