रामसीता रामपुर यातायात प्रा.लि.रामपुर पाल्पाले सरसफाई संगै डष्टविन वितरण ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ भदौ १ गते १८:२५

भदौ १ रमा भण्डारी रामपुर पाल्पा

रामसीता रामपुर यातायात प्रा।लि। रामपुर पाल्पाले बेझाँड बजार क्षेत्रमा सरसफाई संगै डष्टविन वितरण गरेको छ । शनिबार बेझाँड बजारको दरैलाईन क्षेत्रमा सरसफाई गरी बजार क्षेत्रका मुख्य स्थानका लागि डष्टविन वितरण गरेको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामसीता रामपुर यातायात प्रा।लि।ले कार्यक्रम गरेको हो । सरसफाई कार्यक्रमको एक कार्यक्रम गरी शुभारम्भ गरिएको थियो । रामसीता रामपुर यातायात प्रा।लि।का वरिष्ठ उपाध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका–५, का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल मुख्य पाहुना रहनु भएको हो ।
कार्य क्रममा बोल्दै मुख्य पाहुना पोखरेलले बजार क्षेत्रको सरसफाईको लागि प्रा।लि।ले गरेको कार्य प्रशंसनिय भएको बताउनुभयो । रामपुरको मुख्य बजार बेझाँडलाई व्यवस्थित बनाउन नगरपालिका र वडाले पनि पहल गर्दै आईरहेको बताउनुभयो । उहाँले बजार क्षेत्रलाई चलायमान गराउन तथा पर्यटन प्रवद्र्धनमा यातायात व्यवसायीहरुको महत्वपूर्ण स्थान रहने भन्दै रामपुर नगरपालिकामा स्थापना भएका दुवै यातायात व्यवसायीहरुलाई समन्वय र सहकार्य गर्दै अघि बढ्न समेत आग्रह गर्नु भयो ।
प्रा।लि।ले बेझाँडको दरैलाईन, तल्लो चोक, भ्यान पार्क, अटो पार्क, बेझाँड बजार चोक लगाएतका स्थानमा डष्टविन राखेको छ ।सरसफाई कार्यक्रममा रामपुर ५ का वडा सदस्य युवराज शाही सहित रामसीता रामपुर यातायात प्रा।लि।का पदाधिकारी, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रा।लि।का महासचिव दुर्गेश मल्लले गर्नु भएको हो ।


प्रकाशित : २०८१ भदौ १ गते १८:२५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology