पशुपालन प्रबध्द्दनका लागी घांस रोपण

माया राना
प्रकाशित : २०८१ साउन २२ गते २२:०७

पूर्वखोला गाउपालिका कृषी तथा पशु परियोजनाले , समाज उत्थान सहयोग केन्द्र संगको साझेदारीमा यो सिजन अनुसार सार्न सकिने बिभिन्न जातका घांसको बिउं र बिरुवा बितरणको साथै प्राबिधिक सहयोग गरी रहेको छ।

बाख्रा पालन पकेट क्षेत्रको रुपमा बिस्तार भएको जल्पाको मैदान र साठीकोलमा इन्दु , इपिलिपि, मेन्डुला, भट्मासे जातका ३ किलो घांसको बिउं सामुहिक रुपमा लगाएका छन् भने मैदान र साठीकोलमा गरी चार हजार भन्दा धेरै किम्बु र नेपियर जातका घांसको बिरुवा, समुहमा आबद्द महिलाहरुले आ आफ्नो खाली रहेका जग्गामा लगाएका छन।

पशुपालन प्रबध्द्दन को लागी गाउँपालिकाको छ वटै वडामा १५ दिने घांस रोपण अभियान रहेको परियोजना सहजकर्ता डिला आचार्यले जानकारी दिनु भयो। फिल्डमा परियोजनाका प्रबिधिक संयोजक प्रदिप सारुले सहयोग गरिरहनु भएको छ ।


प्रकाशित : २०८१ साउन २२ गते २२:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology