नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरले अग्नि पीडित परिवार राहत हस्तान्तरण

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ साउन ६ गते १८:२९

श्रावण ५ रमा भण्डारी रामपुर पाल्पा

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरले एक कार्यक्रम गरी अग्नि पीडित परिवारहरूका लागि राहत हस्तान्तरण गरेको छ। गत वैशाख १९ गते जङ्गलमा लागेको आगो बस्तीमा पसी रामपुर नगरपालिका वडा नम्बर ४ र ५ मा गरी ९ घर परिवारमा क्षति पुर्याएको थियो।
उक्त ९ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरले वैशाख २४ गते दैनिक जीवनमा आवश्यक पर्ने लत्ता कपडा ओड्ने ओछ्याउने खाना पकाउने जस्ता राहत सामग्री हस्तान्तरण गरेको थियो भने आज सोही परिवारलाई विभिन्न संघसंस्था देश तथा विदेशबाट गरि ९४ जनाबाट संकलन भएको रकम रु १ लाख १३ हजार नगद हस्तान्तरण गरेको हो।
जसमा क्षतिको आधारमा रामपुर ५ का हरिकला श्रेष्ठ २५,०००र(, रामपुर ५ राजकुमार श्रेष्ठ १०,००० रामपुर ५ सुखमाया श्रेष्ठ १०,००० , रामपुर ५ श्यामकुमार श्रेष्ठ १०, ००० रामपुर नगरपालिका वडा नम्बर ४ कमला श्रेष्ठ १८ हजार ,रामपुर ४ खुमबहादुर राना १०,००० रामपुर ४ याउकुमारी श्रेष्ठ १०,००० रामपुर ४ अनिता श्रेष्ठ १०,००० गरी जम्मा नगद रु १ लाख १३ हजार हस्तान्तरण गरिएको हो।।
कार्यक्रमका मुख्य पाहुना नेपाल रेडकस सोसाइटी पाल्पा जिल्लाका सहमन्त्री कमलराज भट्टराईले नेपाल रेडकस सोसाइटी विशुद्ध मानवीय संस्था भएको र आफूले पाउनेभन्दा पनि अरु दुःख परेका व्यक्तिहरूलाई के कति कसरी सहयोग गर्न सकिन्छ भन्ने संस्था भएको बताउनु भएको छ ।

वहाले यो संस्था स्वयंसेवी संस्था भएकोले सबैको सहकार्यको आवश्यकता रहेको बताउनुभयो।
रामपुरमा ब्लडको अभाव हुन नदिनका लागि एक डेढ वर्षदेखि ब्लड बैंक सञ्चालन गर्न नसके पनि ब्लड ग्रुप क्याम्पिङ सञ्चालन गर्दै आएको र अबको एक दुई महिना मा नै पाल्पामा ब्लड बैंक सञ्चालन गर्ने र रामपुरमा नेपाल रेडकस सोसाइटी उपशाखा रामपुर ,रामपुर अस्पताल र रामपुर नगरपालिकाको साझेदारीमा युनिट सञ्चालन गर्ने जानकारी दिनुभयो। नेपाल रेडकस सोसाइटी उपसाखा रामपुरले पछिल्लो समयमा मानवसँग प्रत्यक्ष जोडिँदै प्रभावकारी ढंगमा काम गर्दै आएको र अरु उपशाखाभन्दा रामपुर उपशाखा उत्कृष्ट उपशाखा रहेको भन्दै उपशाखा रामपुरको प्रशंसा गर्दै आगामी दिन मा अझ प्रभावकारी रुपमा काम गर्दै अगाडि बढ्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।

रामपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर राना ले नेपाल रेडकस सोसाइटी ले सबैको विश्वास जितेर जुन राहत संकलन गर्यो र आज अग्नि पीडित परिवारलाई हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो।
वडा नम्बर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले नेपाल रेडकस सोसाइटी उपशाखारामपुर अहिलेको अवस्थामा सक्रिय भएर काम गर्दै आएको र विशेषगरी रामपुर अस्पतालमा जुनसुकै बिरामीलाई जतिबेला पनि आवश्यक परेको रगत उपलब्ध गराउँदै बिरामीको ज्यान बचाउन सफल हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो। वडा नम्बर ७ का वडाध्यक्ष देवराज तिवारीले यो नाफा लिनेभन्दा पनि दिने संस्था भएकोले सबै जना साथमा साथ काँधमा काँध मिलाएर अगाडि बढ्नु आवश्यक रहेको भन्दै आफूले अहिलेसम्म १४ पटक रक्तदान गर्ने अवसर पाएको खुसी व्यक्त गर्दै सबै जनालाई रक्तदान सहभागी हुन आग्रह समेत गर्नुभयो।
नेपाल रेडकस्ट सोसाइटी उपशाखा रामपुरका सभापति मनोरथ भट्टराईको सभापतित्वमा भएको कार्यक्रम कार्यसमिति सदस्य जनकराज ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलबहादुर श्रेष्ठले गर्नुभएको थियो। रामपुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम भएको हो ।


प्रकाशित : २०८१ साउन ६ गते १८:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology