पूर्वखाेला गाउँपालिकाकाे आर्थिक २०८१/८२ काे बजेट ४५ करोड ४७ लाख ८७ हजार

भुवन सिंजाली
प्रकाशित : २०८१ असार २८ गते १८:४०

पूर्वखाेला गाउँपालिका गाउसभाकाे १५ औं अधिवेशनले आर्थिक वर्ष २०८१/८२ काे लागि चालू तर्फ रु ३० करोड ८५ लाख ४ हजार र पुजिगत तर्फ रु १५ करोड २२ लाख ८३ हजार गरि जम्मा रु ४५ करोड ४७ लाख ८७ हजार बजेट पारित गरेको हाे ।

असार ७ गते देखि सुरु भएको गाउसभा ४ पटक सम्म बसेकाे थियो । गाउसभाले नीति तथा कार्यक्रम , आर्थिक विधेयक , विभिन्न समितिबाट प्रस्तुत प्रतिवेदन पारित र समसामयिक विषयमा निर्णय गरेको छ।
पुजिगतमा भाैतिक पुर्वाधार विकास तर्फ रु ७ करोड ५७ लाख ८८ हजार , सामाजिक विकास तर्फ रु ४ करोड ८० लाख ४५ हजार , आर्थिक विकास तर्फ रु २ करोड १३ लाख ८० हजार , वन वातावरण तथा विपद व्यवस्थापन तर्फ रु ३५ लाख ५० हजार , सुशासन तथा संस्थागत विकास तर्फ रु ३० लाख २५ हजार बजेट विनियोजन गरेकाे छ ।
पूर्वखाेला गाउँपालिले यश आर्थिक वर्षमा ८४ प्रतिशत खर्च गरेको छ।

गाउँपालिकाले तामाखानि सामुगा माेटरबाटाे उपभोक्ता समिति सिलुवाका पधादिकारि शाखागत मध्य स्वास्थ्य शाखाका प्रमुख माेहन ढकाल , वडा सचिव मध्य देविनगर वडाका सचिव तेजि सरा थापा , सवइन्जिनियर मध्य देवेन्द्र थापा , अ न मि मध्य विरकाेट स्वास्थ्य चाैकिका पवित्रा घर्ती , कार्यालय सहयोगी मध्य टेमन थापालाई नगद सम्मानपत्र दाेशालाले सम्मान गरेको थियो ।

गाउसभाका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले गाउँपालिकाले सहि निति बनाएर जनताकाे आबस्यक्तालाई मध्यनजर गर्दै शिक्षा स्वास्थ्य उत्पादन मुखि कार्यक्रम संचालन गरि आर्थिक आयआर्जनमा बढि जाेड दिनु पर्ने र पछिल्लो समयमा विकास निर्माण छिटो गतिमा बढिरहेको । पूर्वखाेलाकाे विकासका लागि लुम्बिनी प्रदेशबाट धेरै आयाेजनाहरुकाे लागि बजेटकाे व्यवस्था भएको भन्दै पूर्वखाेला विकासको लागि आफुले सक्दो सहयोग गरिरहेको बताउनुभयो ।
गाउसभामा सभाका सदस्य भुवन सिंजालि , वासुदेव न्याैपाने , समुन्द्रा भारति , सावित्रा थापा , रविन कुमार श्रेष्ठ , शान्ति वि क लगाएतले सल्लाह सुझाव राखेका थिए ।
गाउँसभा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०८१ असार २८ गते १८:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology