जल्पामा २५ सय टिमुरको बिरुवा बितरण

माया राना,जल्पा
प्रकाशित : २०८१ असार २२ गते १३:२१

पूर्वखोला गाँउपालिका वडा न २ जल्पालाई टिमुर पकेट क्षेत्र बनाउने उद्देश्यका साथ कृषकहरुलाई बिरुवा बितरण गरीएको छ। टिमुरको लागी सुहाउदो हावापनी यस क्षेत्रमा टिमुर फस्टाउने कृषि प्राविधिक बिज्ञहरु बताउछन्। भौगोलिक हिसाबले समुन्द्र सतह देखी एक हजार आठ सय उचाईमा रहेको छ।जल्पाको साठीकोल, मैदान , साकिने, ढोलीमारा, झेरुदी, वापान , तल्लो झेरुदी , मुढेखर्क टोलका कृषकहरुले प्रति ब्यक्ति १० देखि ५० वटा सम्म टिमुरका बिरुवा लगेका छन। औषधी र मसलाको रुपमा प्रयोग हुने टिमुर राम्रो उत्पादन दिन सक्यो भने कृषकहरुको आर्थिक आय आर्जनमा सहयोग पुग्ने देखिन्छ। जल्पा वडा कार्यलय, पूर्वखोला गाँउपालिकाको समन्वयमा बिरुवा माग गरीएको थियो भने डिभिजन बन कार्यलय पाल्पाले कृषकहरुको लागी बिरुवा निशुल्क बितरण गरिएको हो।
काँडा जातको झारपात भनेर हेलचेक्य्राइँ नगरीकन सके सम्म बारीको डिलमा लगाउने , गोड्मेल गर्ने, मलजल सबै चाहीन्छ। दुई मिटरको फरकमा लगाउन पर्छ, भनेर कृषी प्राबिधिक धन बहादुर ओलीले सहजीकरण गर्नु भयो।कबुलियती बनका सामाजिक परिचालक सीमादेवी घर्तीमगरले बिरुवा रोपेपछी अनुगमन गर्न आउने कुरा सुनाउनु भयो।


प्रकाशित : २०८१ असार २२ गते १३:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology