रामपुरको बेझाडमा उपकार सुपर माटृको शाखा संचालनमा आउने

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असार २१ गते ११:१३

असार २० रमा भण्डारी रामपुर पाल्पा

रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउने भएको छ । असार २२ गते शनिबार बाट उपकार सुपरमार्ट प्रा।लि।ले आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड बैंक सञ्चालनमा ल्याउन लागेको हो ।
मार्ट र क्लथ बैंक का प्रधान संरक्षक तथा चलचित्र क्षेत्रका नक्षेत्र महानायक राजेश हमालले समुद्घाटन गर्ने कार्यक्रम रहेको प्रा।लि।ले जनाएको छ । उपकार सुपरमार्ट प्रा।लि।ले बुधबार पत्रकार सम्मेलन गर्दै उपकार सुपरमार्ट प्रा।लि।ले शाखा संगै क्लथ एण्ड फुड बैंक स्थापनको बारेमा जानकारी गराएको थियो । उपकार सुपरमार्ट प्रा।लि।का अध्यक्ष विष्णु प्रसाद गौतमले तीन वर्ष देखि रामपुर–५ मटेरीमा सञ्चालन गर्दै आईरहेको सन्दर्भमा मुख्य बजार बेझाँडलाई केन्द्रित गरेर शाखा विस्तार संगै क्लथ एण्ड फुड बैंक स्थापना गर्न लागेको जानकारी दिनुभयो । सहभागिले राखेका विज्ञाशा मेटाउदै माटैको बारेमा विस्तृत जानकारी गराउनु भयो ।
उपकार सुपर मार्ट मा आवद्ध १०० जनाको संयुक्त लगानीमा स्थापना भएको प्रा।लि।ले व्यवसाय संगै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएको छ । क्लथ एण्ड फुड बैंक नेपालका संरक्षक समेत रहनु भएका महानायक हमाल मार्फत मार्ट संगै क्लथ एण्ड फुड बैंक समुद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । नगरका मुख्य बजार क्षेत्रमा पनि थप शाखा सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसीले क्लथ बैंकको बारेमा जानकारी गराउनु भएको थियो । फुड एण्ड क्लथ बैंकले विपद्का समयमा निरन्तर सहयोग गर्दै आईरहेको जानकारी दिनुभयो । उपकार सुपरमार्ट प्रा।लि।का अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन प्रालिका सूचना अधिकृत सुरज गौतमले गर्नु भएको थियो ।


प्रकाशित : २०८१ असार २१ गते ११:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology