आज राष्ट्रिय धान दिवस,”जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि “भन्ने नारा कासाथ देश भरी मनाइयो।

www.kandaranews.com
प्रकाशित : २०८१ असार १६ गते २०:३७

असार १५,पाल्पा
आज राष्ट्रिय धान दिवस,”जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि “भन्ने नारा कासाथ देश भरी मनाइयो। नारा सार्थक बनोस कृषिप्रधान देश नेपालमा २०६२ साल असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। हरेक वर्षको असार १५ मा धान दिवस मनाउने गरिन्छ । आज कृषकहरुको खेत खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाउने गर्दछन।

समयमा नै वर्षा नहुदा पूर्वी पाल्पामा हल्का रुपमा मात्र रोपाइँ भएको थियोे । सिंचाइको प्रबन्ध भएका किसानले मात्र धान रोपेका थिए । शुक्रबार रातिदेखि वर्षा भएकाले अब किसानले धमाधम धान रोप्ने आकणा गरिएको छ। लामो समयसम्म परेको खडेरीको कारण किसानले समयमा नै बीउ राख्न नपाएको र रोपाइँ पनि समयमा नै गर्न नपाउँदा असार १५ सम्म धेरै जसो ठाउँमा रोपाइँ गर्न बाकी रहेको थियो । आज पूर्वखोलाको विभिन्न ठाउमा धेरै जसो रोपाइ गर्न खेत खेतमा टेक्टर साथै हलगोरु, खेताला, रोपार हरुआलि लाउन आतुर देखिन्थे। आजकै दिनलाई मानो रोपेर मुरी फलाउने दिन पनि भन्ने गरिन्छ । कृषकहरुले वर्षभरीका लागि छाक जुटाउन यो महिना धान रोप्नमा खेतमा व्यस्त हुन्छन्।

त्यसै गरि पूर्वखोलाको विशेषगरी रिङ्गनेरह, लावे ,चेवा ,तल्लो लेम्धेम लगाए धेरै ठाउमा असार १५ सगै रोपाइको विहानै देखि आतुर देखिन्यो आजका दिन असारे भाकामा गीत गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने आलि लगाउने हिलो छेपाछेप, खन्ने जोत्ने, आलीकुना खन्ने र धानको विउ रोप्ने कृषकहरु एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो समेत गर्ने गर्छन्। धान दिवसकै अवसरमा दही चिउरा खाने प्रचलन पनि रहेको छ । आज उद्दबुद्ध मा.बि. पूर्वखोला पाल्पा ले पनि विभिन्न कार्यक्रम गरि धान रोपेर मनाय भने नवप्रतिभा सेवा केन्द्र पूर्वखोला ले पनि उप समिति र शेयर सदस्य हरु बिच खेतमा धान रोप्दै हिलो छ्यापाछ्याप गरि मनायको थियो ।


प्रकाशित : २०८१ असार १६ गते २०:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology