यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक

Kandara News
प्रकाशित : २०८१ असार १४ गते १२:१६

एसईईको नतिजा सार्वजनिक भएको छ। ४७.८६ प्रतिशत बिद्यार्थी उत्तीर्ण भय।राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको बताए ।परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२. १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए। गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । आफ्नो मोबाइलको म्यासेज बक्समा गइ 𝐒𝐄𝐄<space> 𝐒𝐲𝐦𝐛𝐨𝐥 𝐍𝐮𝐦𝐛𝐞𝐫 लेखि ३४९४९ मा 𝐒𝐌𝐒 पठाई 𝐒𝐄𝐄 २०८० को नतिजा हेर्न सक्नेछन।

 

 


प्रकाशित : २०८१ असार १४ गते १२:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology