जल्पामा खाने पानी शुद्दिकरण गरियो।

माया राना
प्रकाशित : २०८१ असार १३ गते २२:१३

पूर्वखोला २ जल्पा स्वास्थ्य  चौकीले , नियमित खाने पानी शुद्दीकरण गरेको छ। मानिसको स्वास्थ्य  र दैनिकी सङं प्रत्यक्ष प्रभाब पार्ने, खानेपानी दुषित भएकै कारण झाडापखला, आउमासी, जन्डिस, हैजा, छालामा बिभिन्न समस्या देखिने गर्दछ। यो समयमा समुदायको जनस्वस्थमा सरुवा माहामारी रोगबाट बचाउनको लागी , ढुन्डुरखोलाको पानीको मुहान, लिफ्ट ट्यङ्कीको पानी परिक्षण गत हप्ता गरीएको थियो ।

पानीमा सामान्य समस्या देखिय पछी जल्पा ढुन्डुरखोला उपभोक्ता समुह मिलेर मुहान र आठ वटा खाने पानी ट्यङ्की सफाई गरिएको हो। सफाई पछि प्रत्येक खाने पानी ट्याङ्कीमा पानी शुद्दीकरणको लागी ब्लिचिङ पाउडर राखि २४ घन्टापछी खाने पानी बितरण गरीएको थियोे । जल्पा स्वस्थय चौकी प्रमुख पदम थापा दर्लामीले यो बर्षातको समयमा हुने दुषित पानी बाट बचाउन पानी उमालेर खाने तरिका, पानीबाट सरुवा माहामरीको बारेमा टोल टोलमा हुने वडा भेला, क्लबको मिटिङ्हरुमा स्वस्थ सचेतना दिइरहनु भएको छ भने आ आफ्नो पायक पर्ने ठाउको खाने पानी मुहान र ट्यङ्की समय समयमा सफा गरी राख्नु सबैको कर्तब्य हो भन्दै सफाई कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिनु भयो।


प्रकाशित : २०८१ असार १३ गते २२:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology