तानसेन नगरपालिकाले १५ औं नगरसभाको पहिलो  बैठक सम्पन्न

Kandara News
प्रकाशित : २०८१ असार १३ गते १:४२

तानसेन नगरपालिकाले १५ औं नगरसभाको पहिलो  बैठक सम्पन्न भएको छ। बैठक अन्तरगत पहिलो बैठकमा नीति तथा कार्यक्रम नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र बजेट उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले प्रस्तुत गरेकी हुन् । सभामा उपप्रमुख सिंजालीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ७६ लाख २० हजार बराबरको आयव्यय प्रस्तुत गरेकी छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वित्तीय व्यवस्था समेत चालुखर्चतर्फ ८४ करोड ७७ लाख ७ हजार अर्थात् ४७.९६ प्रतिशत र पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजार अर्थात् ५२.४ प्रतिशत रहेको उपप्रमुख सिंजालीले बताइन् ।

बैठकमा तानसेन नगरपालिकाको नीति तथा कार्यक्रम ,बजेट बक्तव्य, बिनियोजन विधेयक , मध्यमकालिन खर्च संरचना , आर्थिक विधेयक , नगरपालिका प्रज्ञा प्रतिष्ठान विधेयक र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत भई मिति २०८१/०३/२८ गते दोस्रो बैठक बस्ने गरि सम्पन्न भयो।


प्रकाशित : २०८१ असार १३ गते १:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology