बगनासकाली गाउँपालिका गाउँसभाको १६औं अधिवेशनको  बैठक सम्पन्न

Kandara News
प्रकाशित : २०८१ असार १३ गते ०:४४

बगनासकाली गाउँपालिका गाउँसभाको १६औं अधिवेशनको  बैठक सम्पन्न भयको छ। अधिबेशनमा बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ९९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

संघीय सरकारको ४२ करोड ६१ लाख ७ हजार, प्रदेश सरकारको २ करोड ३४ लाख ४९ हजार, आन्तरिक आय ९५ लाख र गत वर्षको बैंक मौज्दात ३ करोड ४५ लाखको बजेट पेस गरेको उपाध्यक्ष हरिप्रसाद पाठकले बताए ।

यसअघि गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम पेस गरेकी थिइन् ।


प्रकाशित : २०८१ असार १३ गते ०:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology