निस्दी गाउँपालिका गाउँ सभाको १५ औ अधिवेशन सम्पन्न भएको छ। अधिबेशनमा निस्दी गाउँपालिकाले ५९ करोड ९१ लाख ४२ हजारको बजेट उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले प्रस्तुत गरिन् । चालुतर्फ ३५ करोड ५९ लाख ५० हजार र पुँजीगततर्फ २४ करोड ३१ लाख ९२ हजार पेस गरेकी हुन ।
यसअघि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा र पूर्वाधारलाई प्राथमिमकता दिंदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्थानीय स्रोत साधनको प्रयोग, अम्मिसो, तेजपात,अदुवा बेसार लगायतका उत्पादनमा दिगो विकास जैविक विविधतालाई प्राथमिकता दिँदै अन्तरजिल्ला र पालिका को सबै वडा जोड्ने प्रमुख सडकलाई गौरवको आयोजनामा समावेश गरेका बताइ । कृषि रोजगारी उद्यम तथा पर्यटन, शिक्षा स्वास्थ्य, सेवा प्रवाह, स्थानीय पूर्वाधार, प्राकृतिक श्रोत र वातावरणलाई विकासको प्रमुख प्रथमिकतामा राखी नीति तथा कार्यक्रम प्रस्तुत गरेको अध्यक्षले बताए ।
प्रकाशित : २०८१ असार १३ गते ०:३०
Facebook Comment