पूर्वखोला गाउँपालिका पाल्पाको पन्ध्रौ अधिबेशन बैठक सम्पन्न

Kandara News
प्रकाशित : २०८१ असार १२ गते २३:३१

पूर्वखोला गाउँपालिका पाल्पाको पन्ध्रौ अधिबेशन बैठक सम्पन्न भएको छ।गाउँपालिकाले ४५ करोड ४७ लाख ८७ हजार बजेट पेस गरेको छ । चालुतर्फ ३० करोड ८५ लाख ४ हजार र पुँजीगततर्फ १५ करोड २२ लाख ८३ हजार पेस गरेको उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिक दिएर नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै पालिकाले उत्पादन वृद्धि तथा खाद्यान्नको बीउ बिजनमा आत्मनिर्भर गराउन बीजवृद्धि गर्ने, नगदे बाली रैथाने खाद्यान्न बालीको खेती विस्तार गर्दै व्यावसायीकरण गर्ने नीति तथा कार्यक्रम बारे बजेट पेस गरिएको गाउापालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।


प्रकाशित : २०८१ असार १२ गते २३:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology