माथागढी गाउँपालिकाको १५ औँ गाउँसभा बैठक सम्पन्न

Kandara News
प्रकाशित : २०८१ असार १२ गते २१:५४

माथागढी गाउँपालिकाको १५ औँ गाउँसभाको प्रथम र दोस्रो बैठक सम्पन्न भएकोछ। पहिलो बैठक मिति २०८१/०३/०७ र २०८१/०३/१० गते चलेको थियोे । दोस्रो बैठकमा पहिलो बैठकमा पेश गरिएको नीति तथा कार्यक्रमकलाई छलफल गरी पारित समेत गरेकोछ। साथै सभामा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक जङ्ग बहादुर दर्लामीले पेश गरे।
माथागढी गाउँपालिकामा आगामी वर्षका लागि ५८ करोड ३५ लाख ९६ हजार बराबरको आयव्यय उपाध्यक्ष विष्णुदेवी लुङ्चेले प्रस्तुत गरिन् ।
चालुतर्फ ३२ करोड ६७ लाख ९६ हजार र पुँजीगततर्फ २५ करोड ९८ लाख पेस गरेकी हुन । यसअघि गाउँपालिका अध्यक्ष यम चिदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक, गाउँपालिका भवन, वडा जोड्ने सडक, पालिका पहुँचमार्ग, शिक्षा र पूर्वाधारमा जोड दिएका थिए ।


प्रकाशित : २०८१ असार १२ गते २१:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology